वामपंथी नेता विष्णुबहादुर मानन्धरको निधन, उनको योगदानलाई नेपाली इतिहासले कहिल्यै विर्षने छैन

   १७ चैत्र २०७७, मंगलवार १८:४९  

रौतहट÷ रौतहटको गौरको एक जमिन्दार खान्दानमा वि.स. १९८७ मा जन्मीएका विलक्ष्ण प्रतिभाको धनी इमान्दार बामपंथी नेता विष्णुबहादुर मानन्धर सोमवार राति पाटन अस्पतालमा उपचारको क्रममा सधैको लागि यो संसारबाट विदा विदा लिनुभएको छ ।
उनी बाल्यकालमै जमिन्दारी प्रथाको विरोध आफनै घरबाट सुरु गरेर गरिव असहाय एवं सर्वहाराको पक्षमा वोकालत गर्दैै सन् १९४६ मा उनी भारत बिहारको मोतीहारी गएर प्रवेशिका परीक्षा दिएँ । प्रवेशिका पास गरेर वनारस हिन्दु विश्वविद्यालयमा १९५० सम्म चार वर्ष अध्ययन गरे । अध्यनको क्रममै रहदा उनी राणा विरोधी आन्दोलनमा सामेल भए ।
सुरुमा कुनै राजनीतिक संगठनमा संलग्न नरहेका मानन्धर बीपी कोइराला, गणेशमान सिंह लगायत कांग्रेसका नेताहरूको भाषण सुन्न जान्थेँ । त्यसबेला कांग्रेसको हेडक्वार्टर पटनामा थियो, मातृकाप्रसाद कोइराला सर्वशक्तिमान थिए । राणाविरोधी मोर्चामा लड्न जानु छ भने कांग्रेसको साधारण सदस्यता लिनुपर्छ भनिए पछि राणाको विरोधमा लड्ने अर्को मोर्चा नभएकाले पार्टीको साधारण सदस्य बने ।
विक्रम सम्वत् २०१० सालमा केदार उपाध्यायबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएका विष्णुबहादुर मानन्धर २९ वर्षसम्म नेकपा (संयुक्त) को महासचिव रहे । मानन्धरको राजनीतिक जीवन भने नेपाली कांग्रेसबाट सुरु भएको थियो । वनारस हिन्दु विश्वविद्यालयमा अध्ययन गर्दागर्दै कांग्रेस नेताहरूको संगतमा पुगेका उनी २००७ सालको क्रान्तिमा कांग्रेसका वफादार सिपाही भएर युद्ध मोर्चामा लागेका थिए ।
मानन्धरले कम्युनिष्ट पार्टीको महासचिव हुँदै राजसभा स्थायी कमिटीको सभापति बनेका डा. केशरजंग रायमाझीसँग २०३८ साल सम्म एउटै पार्टीमा रहेर काम गरे । २०४२ सालको सत्याग्रहका बेला मानन्धर र उनका छोरा सुनील एउटै जेलमा थुनिए । विसं २०१५ सालको आमनिर्वाचनमा नेकपाले जितेको चारमध्ये दुई सिट मानन्धरकै गृहजिल्ला रौतहटको थियो । यसले त्यो बेलाको उनको लोकप्रियता धेरै माथि आए ।

मानन्धरको राजनीतिक विगत ः
कांग्रेसको सदस्यता लिएपछि हामीलाई एक महिनाका लागि लखनउ पठाए । टोली कमाण्डर राजेश्वरप्रसाद उपाध्याय थिए । हामीलाई पश्चिम नेपालको सिमा क्षेत्रमा हातहतियार पु¥याउने जिम्मेवारी दिइएको थियो । पश्चिम नेपालका कमाण्डर महेन्द्रविक्रम शाह र सेकेन्ड इन कमाण्ड सूर्यप्रसाद उपाध्याय थिए । टोली कमाण्डर राजेश्वरप्रसाद, सूर्यप्रसाद उपाध्यायका भाइ थिए ।
हामी जाँदा धनगढी कब्जा भइसकेको थियो । सीबी सिंह मिलिटिरी गर्भनर थिए । मलाई आर्थिक र हातहतियार संरक्षणको जिम्मेवारी दिइयो । राति राणाको फौजले आक्रमण गर्छ भनेर हामी गस्ती गथ्र्यौं । धनगढी कब्जा भएपछि रुप सिंहको नेतृत्वमा एक समूहलाई डोटी पठाइयो । हामीले बर्दियाको राजापुर र त्यसपपछि गुलरिया कब्जा ग¥यौं । त्यसपछि कहाँ हान्ने भनेर योजना बनाउँदै थियौं, त्यहीबेला दिल्ली सम्झौता भयो ।
२००८ सालमा दाजुलाई भेट्न पट्ना गएँ । सूर्यप्रसाद उपाध्याय त्यही हुनुहुन्थ्यो । उहाँले मलाई एउटा चिठी दिएर ‘यो आफ्नै हातले बीपीलाई दिनू’ भन्नुभयो । त्यतिबेला कांग्रेसले जितेको गभर्नरहरूको सम्मेलन रक्सौलमा हुँदै थियो । त्यहीँ गएर दिनु भन्नुभएको थियो । त्यहाँ पुगेर मैले आउनुको कारण विस्तृतमा बताएँ । मान्छेहरू आउँथे, जान्थे । तर मलाई छ घण्टा कुराए । बल्ल पालो आएपछि चिठी दिन भित्र गएँ । बीपीले तिमीलाई केही भन्नु छ ? भनेर सोध्नुभयो । म केही भन्नु छैन भनेर फर्के । वास्तवमा त्यतिबेला निक्कै अपमानित भएको महशुस गरेको थिएँ । १९५० मै स्नातक गरिसकेको र पार्टीका लागि बन्दुक बोकेर मोर्चामा लडिसकेको सिपाहीलाई एउटा नेताको चिठी लिएर आउँदा भेट्न ६ घण्टा लाग्छ भने यस्तो पार्टीको नेताले कसरी जनताको काम गर्छ भन्ने लाग्यो । अनि कांग्रेसको सदस्यता त्यागेँ ।
सुधारवादी आन्दोलन
अहिलेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, उहाँका काका र लीलाराज उपाध्यायसँग मिलेर मैले एउटा समूह बनाएँ । गाउँ–गाउँमा पुगेर शैक्षिक सुधार गर्ने समुहको निधो थियो । हामीले जिल्लाहरुमा पुस्तक पु¥यायौं र सबैतिर एउटै पुस्तक पढाउन अभियान चलायौं । हाम्रो शिक्षा प्रचार समितिको अध्यक्ष कृष्णप्रसाद भण्डारी हुनुहुन्थ्यो । हामीले गाउँहरुमा विद्यालय खोल्यौं । विद्यालय खोल्न चन्दा नदिनेको घरमा केहि नखाई र्फकन्थ्यौं । त्यो बेला नखाई फर्काउने घरलाई गाल पथ्र्यो र पनि मानिसहरु महिनाको पाँच रुपैयाँ दिन मान्दैनथे । पढेर के हुन्छ र ? भन्ने धारणा थियो । हामीले दुःख गरेर २०–२५ वटा प्राथमिक विद्यालय खोल्यौं ।
त्यसबेला खै कुन सन्धि अनुसार हो, भारतबाट आउने कपडा भारतमा भन्दा नेपालमा सस्तो पथ्र्यो । कपडा दिउँसो नेपाल आउँथ्यो राती फेरि भारत पु¥याइन्थ्यो । यो तस्करी रोक्न तपाईले नेतृत्व गर्नुप¥यो भन्न मानिसहरु आए । म पनि तयार भएँ । तस्करीका सय गाँठ जति कपडा कब्जा गरियो । त्योबेला गणेशमान सिंहजी उद्योग वाणिज्य मन्त्री हुनुहुन्थ्यो । राणाकालमा गोपालप्रसाद उपाध्याय (कृष्णप्रसाद भट्टराईका दाजु)लाई पक्राउ गरेवापत जनक सिंहलाई अडिटरको पद दिइएको थियो । उनले पेस्तोल देखाएर सर्जमिन हुन दिएनन् । त्यसपछि उद्योग वाणिज्य सचिव पनि आए ।
दश हजार रुपियाँ घुस खाएर ‘केस’ ढिसमिस पारेको हल्ला चलेपछि विरोधमा हामीले पर्चा छपाएर सिंहदरबारसम्म पु¥यायौं । गणेशमानजीले भेट दिनुभएन । भेट्न नमानेपछि गणेशमानजीलाई बाहिर घेरेर नारा पनि लगायौं ।
कात्रो समेत महंगो भएपछि हामीले संकट निवारण समिति बनायौं र स्थानीय अधिकारीसँग मिलेर काम ग¥यौं । मान्छे मरेपछि समितिमा कुपन लिन आउँथे । कुपन देखाएपछि सरकारले तोकेको दरमा कात्रो पाइन्थ्यो । त्यसपछि सबै कपडा व्यापारीको सूचि तयार पा¥यौं र प्रति परिवार निश्चित गज कपडा सुपथ मूल्यमा पाउने व्यवस्था गरायौं । गरिब परिवारले त सुपथ मूल्यमा पाउने कपडा पनि किन्न सक्दैनथे । व्यापारीले त्यो कपडा नाफामा बेच्थे ।
यही ताका १०–१५ हजार किसानले गौर घेरे । उनीहरूलाई हामीले सखरखण्ड, सातु, चिउरा उठाएर एक–एक मुठी खान दियौं । प्रशासनमा यो खबर पुगेपछि ‘को मान्छे हो, दश हजारलाई खुवाउन सक्ने’ भनेर सोधीखोजी भएछ । बाहिरबाट हेर्दा अखिल नेपाल किसान संघले गरेको देखिए पनि त्यो घेराउ प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले गरेको थियो ।
वामपंथी नेताको वारेमा जति लेखे कमै हुन्छ, उनी महान तपस्वी, इमान्दार र सादगीपूर्ण जिवन निर्वाह गर्ने व्यक्तिको रुपमा आफूलाई ढाल्न सक्नु भयो, उहाँ चाहनु भएको भए धेरै सशक्त परिवारको व्यक्ति भएपनि सधै जनताको सुख दुखको लागि निरन्तर रुपमा लडिरहने कार्यलाई छनौट गरी आफनो जिवनलाई राष्ट्रको लागि उत्सर्ग गर्नु भयो । आज उनको योगदानलाई उच्च मूल्याँकन जनताहरुले गरिरहेको छ, देश जनता उनी प्रति सधै समर्पित हुने छन् ।
उनको देहावसानबाट मुलुकले ठूलो सपुत गुमाएको छ, रौतहटको धरोहर आज हामी विचबाट धेरै टाढिनु भएको हुँदा उनको आत्मले शान्तिको साथै बैकुण्ठमा बास होस र उनका छोरा सुनिल मानन्धर सहित परिवार प्रति आईपरेको विपत्तीलाई सामना गर्न धर्य पशुपतिनाथले प्रदान गरुन कामना गर्दै तराई टप अनलाईन खवरले उहाँ प्रति हार्दिक श्रद्धान्जली अपर्न गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै