रौतहट, २६ कार्तिक । दुर्गा भगवती गाँउपालिकाको शक्तिपिठको रुपमा प्रसिद्ध रहेका मत्सरीमा नेपाल पत्रकार महासंघको १२ औं साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा सम्पन्न १२ औं साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले स्वत्रन्त्र पत्रकारिको मूल्य मान्यता अनुरुप लोकतन्त्रको पर्यायवाचीको रुपमा संचार क्षेत्र सधै पहरेदारीको काम गर्दै आएको बताए ।
वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकारको रक्षार्थ सधै चौकीदारको रुपमा प्रेस जगत कार्यरत रहेको हुँदा आपसी मतभेदलाई त्यागी राष्ट्रिय हित एवं समाजिक हितमा आफूलाई समर्पित गर्न उनले आग्रह गरे ।
महापर्वको रुपमा मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कसैको पक्षमा नलागि आम नागरिकको हितमा समर्पित भई लाग्नु पर्ने बताउदै महासंघका अध्यक्ष पोखरेलले लोकतन्त्र विनाको समाजको कल्पना पत्रकारिता जगत गर्न नसकिने भएको हुँदा अवाज विहिनको आवाज एवं समाज प्रतिको उत्तरदायीत्व निर्वाह गर्न संचारक्षेत्रको भुमिका निकै नै अहम हुनु पर्ने भएको हँुदा पत्रकारिताको महत्वलाई पहिचान गरेर त्यस क्षेत्रमा रुपान्तरण गर्नुपर्ने आवश्यक्ता महसुस गरे ।
नेपाल प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले संचारकर्मीहरुको भुमिकाको कारण लोकतन्त्र बलियो हुने भएको हुँदा सत्य, निष्पक्ष, तथ्यपरक ढंगबाट पत्रकारिता क्षेत्रलाई अघि बढाउने आजको आवश्यक्ता रुहेको उनले महसुस गरे ।
सो कार्यक्रममा महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाई, केन्द्रीय सदस्य द्धय शिव पुरी, केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव श्याम बन्जरा, सदस्य शैलेन्द्र झा, दुर्गा भगवती गाउँपालिका अध्यक्ष शम्भु सिंह, जिल्ला समनवय समितिका अध्यक्ष रामअयोध्या यादव, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, दुर्गा भगवती गापा ३ मत्सरीका वडाध्यक्ष धमेन्द्र कुमार झा (डिके), नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रविन्द्र प्रसाद साह लगायतका वक्ताहरुले सधारण सभाको सफलताको कामना गरेका थिए ।
बन्द सत्रमा सचिव र कोषाध्यक्षको प्रतिवेदनलाई पास गरेपछि साधारण सभा भव्यताका साथ सम्पन्न भएको थियो । साधारण सभाले नयाँ सदस्यताको लागि मंसिर १५ गते देखि नयाँ सदस्यताको लागि आह्वान गरेको छ भने स्थानीय मिडियाहरुलाई सुचिकृत गर्न पर्न समय सिमा निर्धारण गरिएको जिल्ला अध्यक्ष प्रेमचन्द्र झाले जानकारी दिए ।
साधारण सभाको संचालन पत्रकार गौतम श्रेष्ठ गरेका थिए भने कार्यक्रममा उपस्थित भएका प्रमुख अतिथि, विशिष्ट अतिथि, लगायतका सहभागीहरुलाई प्रभातकुमार झाले स्वागत मन्तव्य दिएका थिर्ए ।
कार्यक्रममा उपस्थित भएका प्रमुख अतिथि सहितका सम्पूर्ण अतिथिहरुलाई दुर्गा भगवती गापा अध्यक्ष सिंहले गम्छा ओढाउदै मायाको चिनो प्रदान गरेका थिए भने प्रमुख अतिथि विपुल पोखरेलले गापा अध्यक्ष सिंह र वडाध्क्ष झालाई सम्मान गरेको महासंघका सचिव मदन ठाकुरले जानकारी दिए ।
फोटो फिचर