ट्राफिक गतिविधि रौतहट

रौतहट, २० चैत । पुर्व पश्चिम राजमार्ग र गौर चन्द्रपुर सडक खण्डको विभिन्न स्थानमा ट्राफिक चेकिंगको क्रममा ट्राफिक नियम तथा सवारी दुर्घटना सम्बन्धी जनचेतना चालकहरुलाई गराइएको छ ।
सडकको अवस्था हेरी ट्राफिक ऐन नियमको परिधी भित्र रहेर सवारी साधन चलाउन, हाइ स्पिड, रफ ड्राइभिंग लगायतका कार्यहरु माथि विशेष निगरानी राखेर सवारी साधन चलाउन आग्रह गरिएको हो ।
ट्राफिक नियम विपरित सवारी साधन चलाउदा शुक्रवार ५४ हजार जरिवाना तिराएर राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको निरीक्षक शैलेश न्यौपानेले जानकारी दिए ।