रोहिंग्या मुसलमानको कारण बंगलादेश संकटमा शेख हसिना

181 Shares

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसीनाले रोहिंग्या शरणार्थीहरूको प्रभावलाई लिएर चिन्ता व्यक्त गरेकी छन्। शेख हसीनाले संयुक्त राष्ट्रसँग यस मामिलामा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेकी छन्।

उनले भनिन्, रोहिंग्या मुसलमान शरणार्थीहरूले बङ्गलादेशको अर्थव्यवस्था, पर्यावरण, सुरक्षा र सामाजिक-राजनीतिक स्थिरतामा गम्भीर प्रभाव परिरहेका छन्। शेख हसीनाले संयुक्त राष्ट्र महासभाको ७७औँ सत्रमा भनिन्, बङ्गलादेशमा लामो समयदेखि बस्दै आएका रोहिंग्याहरूले अर्थव्यवस्था, पर्यावरण, सुरक्षा र सामाजिक-राजनीतिक स्थिरतामा गम्भीर प्रभाव पारेका छन्।

उनले रोहिंग्याहरूलाई लिएर कुनै पहल नहुँदा सीमा पारीबाट मानव अनि मादक पदार्थहरूको तस्करीसहित अन्य अपराधहरूमा वृद्धि भएको बताइन्। हसीनाले भनिन्, स्थितिले सम्भावित रूपमा कट्टरतालाई बढ़ावा दिन सक्छ। यदि समस्या बनिरह्यो भने यहाँ सुरक्षा र स्थिरतालाई प्रभावित गर्न सक्छ। २०१७ मा म्यानमारबाट बङ्गलादेशमा रोहिंग्याहरूको पलायनलाई स्मरण गर्दै हसीनाले भनिन्, एकै जना पनि रोहिंग्यालाई म्यानमारमा उनीहरूका पैतृक घरमा फर्काउन सकिएको छैन। उल्लेखनीय छ, नेपालले पनि यो समस्या झेलिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार