हिन्दू, सिख र ईसाई केटा र केटीहरूले पाकिस्तानमा अपहरण र जबरजस्ती इस्लाम धर्म परिवर्तनको सामना गरिरहेका छन् । धार्मिक अल्पसख्यंकहरुका लागि पाकिस्तान सबैभन्दा जोखिमपूर्ण ठाँउ भएको छ । पाकिस्तानमा धार्मिक अल्पसख्यंक नाबालिग केटीहरूलाई पनि प्रायः पूर्व-नियन्त्रित विवाह गर्न बाध्य पारिन्छ भन्ने तथ्य सार्वजनिक भएको छ ।
सन् २०२१ को नयाँ तथ्याङ्कअनुसार वर्षेनी एक हजारभन्दा बढी मुद्दाहरू रेकर्ड भइरहेकाले स्वदेश तथा विदेशमा रहेका मानवअधिकार निकायहरूमा चिन्ता बढेको छ । बहुसंख्यक हिन्दुहरू बसोबास गर्ने सिन्ध प्रान्तको भित्री भागमा नाबालिग हिन्दू केटीहरूलाई बारम्बार जबरजस्ती धर्म परिवर्तन गर्न बाध्य पारिएको र जबरजस्ती इस्लाम केटासंग गराइने विवाह प्रमुख समस्या बनेको छ। हिन्दुका अलावा अन्य धर्महरु जस्तै सिख र ईसाईहरूका लागि पनि अवस्थाहरू फरक छैनन्।
सिन्धमा भर्खरैको एउटा घटनामा, चंदा मेहराजलाई हैदरावादमा अपहरण गरिएको थियो । उनी घर फर्कदै गरेको बेला चन्दाको अपहरण इस्लामीक समुहले गरेको उनका अभिभावकले बताए । उता जेकबाबादमा एक १३ वर्षीय सिख बालकमाथि सामूहिक बलात्कार भएको छ । सिन्ध प्रहरीले आरोपी मोहसिन जमाली र ताकरी लासारीलाई पक्राउ गरे पनि उनीहरु प्रहरी चौकीबाट भागेका थिए ।
पाकिस्तानले हालै अगस्त १४ मा आफ्नो ७५ औं स्वतन्त्रता दिवस र अगस्ट ११ मा राष्ट्रिय अल्पसंख्यक दिवस मनाएको छ, तर यसको संकटग्रस्त धार्मिक र जातीय अल्पसंख्यकहरूले तिनीहरू साँच्चै स्वतन्त्र र स्वतन्त्र छन त भन्ने प्रश्न पाकिस्तानी नेतृत्व, सरकार र समाजलाई बारम्बार प्रश्न गरिरहेकै छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन