289
Shares
बेइजिंग । चिसो मौसमको सुरुआत संग फेरी एक पटक चीनमा बढ्दै गएको कोभिड—१९ का विरामीहरुको संख्याबाट विश्व समुदायलाई चिन्ता बढाएको छ ।
चीनमा कोरोना भाइरसका घटनाहरू बढ्दै गएका छन् किनभने शनिबार दैनिक केस गणना १४ हजार पुगेको छ, जुन शुक्रबारको राष्ट्रव्यापी संख्या ११३२३ थियो ।
चीनको दैनिक कोभिड–१९ का विरामीहरु १०,००० भन्दा माथि रहेको छ जुन गत साता अप्रिल पछि पहिलो पटक यत्रो स्तरमा कोभिडका विरामीहरु ह्वातै बढेपछि चीनलाई मात्रै नभई विश्व समुदायलाई चिन्तीत बनाएको छ ।
गुआङडोङ, हेनान, बेइजिङ, चोङकिङ र इनर मंगोलिया सबैभन्दा बढी कोभिड–१९ प्रकोप भएका ठाउँहरू छन् ।