रौतहट, २८ कार्तिक । स्वतन्त्र उम्मेदवार जिताउ मधेशी युवा नेता एवं कम्युनिष्ट योद्धा प्रभु साहको मिशनमा एक अन्य एमालेका गद्दावर नेता उनको साथमा जुटेका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज एवं नेपाल उत्पीडन जातिय मुक्ति समाजको केन्द्रीय सचिव रामप्रित राम एमाले पार्टी परित्याग गरेर प्रभु साहको स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा सहभागी भएका हुन् ।
रामले आज एक विज्ञप्ती जारी गर्दै देशमा सम्प्रदायिक पार्टीका रुपमा रहदै, नेपालमा लामो समय सम्म मुलुकलाई नकाबन्दीको घेरामा धकेल्ने पार्टी उपेन्द्र यादवको पार्टी जसपा संग चुनावी तालमेल गरेर एमाले देशलाई प्रतिगमन तर्फ धकेलेको आरोप लगाउदै उनले आजको मिति देखि पार्टीको साधारण सदस्य रहने नगरी राजिनामा दिदै पार्टि परित्याग गरेको छ ।
जसपा र राप्रपा संग गठजोड गरी प्रतिगमनको मतियार बनेको एमालेमा रहने कुनै औचित्य नरहेको भन्दै बाम कम्युनिष्ट नेता साहको अभियानमा सरिक भएको बताइएको छ । यता प्रभु साहको अभियानमा जसपा र एमालेबाट आउनेको संख्यामा दिनदिनै बढोत्तरी हुदै गएको बताइएको छ । यस अघि जसपा रौतहटका अध्यक्ष तथा देवाही गोनाही नगरपालिकाको पूर्व मे्यर धर्मेन्द्र पटेल पार्टी परित्याग गरेर उनको साथमा सहभागी भएका थिए ।