269
Shares
रौतहट, २९ कार्तिक । गौर भन्सार कार्यालय छेउमा रहेको नालामा एक युवकको शव मंगलवार विहान फेला परेको छ ।
गौर नगरपालिका १ स्थित गौर भन्सार कार्यालयको छेउमा रहेको सुरक्षा चौकीको अगाडी रहेको नालामा अन्दाजी २४ बर्षिय युवकको मृत शव आज विहान फेला परेको हो ।
स्थानीयका अनुसार मृतक युवकको भारतीय हुन सक्ने तथा मदिरा सेवन गरेर घर तर्फ फर्किने क्रममा लडेर नालामा खसेपछि मृत्यु भएको हुन सक्ने आशंका गरेको छ । प्रहरीले शवलाई बाहिर निकालेर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ । अहिले सम्म शवको सनाखत भएको छैन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन