रौतहट, ३० कार्तिक । निर्वाचनको मिति नजिकिदै जाँदा त्यती नै उम्मेदवारहरुको प्रचारप्रसार अभियान तिव्र हुदै गएको छ ।
यसैक्रममा रौतहट निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली काँग्रेसका उम्मेदवार एवं देशमै चर्चित रहेका नेता मोह्म्मद आफताव आलमको जेठो छोरा डा फिरदोस आलम उम्मेदवार बनेर जनताको हृदयमा बास गर्न खोजिरहेको हो ।
एकातिर आलमको विरासत जोगाउन अर्को तिर युवाहरुको शक्ति लिएर चुनावी मैदानमा होमिएका फिरदोसमा पृथक छाविका साथ जनता सामु पुगिरहेको हुँदा उनी प्रति मतदाताहरुको साहनभुती बढ्दै गएका हुन् ।
निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डाक्टर मोहमद फिरदोस आलमले कथित झुठा, प्रमाणहिन तथ्यको आधारमा हत्या आरोपमा जेल परेका बुबाको अधुरो रहेको काम पूरा गर्न चुनावी मैदानमा आएको बताए ।
चुनाव प्रचार प्रसार गर्ने क्रममा उम्मेदवार आलमले २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बुवालाई नेकपा एमालेले झुट्टा मुद्दामा फसाएको कारण अधुरो रहेको क्षेत्रको विकास निर्माणको कार्य पूरा गर्नका लागि उम्मेदवारी दिएको स्पष्ट पारे ।

२०६४ साल चैत्र २७ गते भएको बम विस्फोटको घटनामा कुनै प्रमाण नहुँदा पनि बुवा (अफ्ताव आलम) लाई फसाएर जिल्लामा नेपाली कांग्रेस लाई नेतृत्वविहीन बनाउने विपक्षीको सोचलाई असफल बनाउने उद्देश्यका साथ आफू नेपाल सरकारको जागिर छाडेर चुनावी अभियानमा होमिनु परेको बताए । नेपाल प्रहरीमा प्राविधिक तर्फको इन्सपेक्टर पदमा कार्यरत रहेका फिरदोस आलम अहिले रौतहट २ का मतदाताहरुको मनमा आफू बसेको हुदा विजयश्री हुनेमा पूर्ण विश्वस्त रहेको बताए ।
अहिले चुनावी मैदानमा रहेका केही उम्मेदवारहरुको कथि षड्यन्त्रको कारण मेरो बुवा आलमलाई जेल पारिएको छ । न कुनै प्रमाण छ, न कुनै घटनाको बास्तविक आधार छ, न मानविय अवशेष फेला परेको छ, यो कानुनी राज्यमा पनि झुठा बयानको आधार, गतल साक्षको आधारमा न्यायलयलाई गुमराह बनाइएका व्यक्तिहरु अहिले चुनावी अभियानमा रहेका हुँदा जनता जनार्दनले सहि फैसला गर्ने समय मंसिर ४ गते रहेको हुँदा सोको फैसला ६ गते सम्म सम्पूर्ण देशवासी समक्ष आउने उनले बताए ।
क्षेत्रको भौतिक पूर्वाधार, सिचाई स्वास्थ्य र शिक्षाको अवस्था अझै बलियो बनाउने आफ्नो सोच रहेको बताउँदै डाक्टर आलमले नेपाली कांग्रेसको सरकार भए मात्र मुलुकमा समृद्धि आउने बताएका छन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन