रौतहट निर्वाचन क्षेत्र १ मा युवा भर्सेस बुढो बीच तिव्र प्रतिष्पर्धा

445 Shares

रौतहट, ३० कार्तिक । मुलुककै ध्यान आफू तर्फ तानिएका क्षेत्र मध्ये रौतहट १ मा नेकपा (एस) र नेकपा एमाले उम्मेदवार बीच तिव्र प्रतिष्पर्धा हुने निश्चित भएको छ ।
युवा भर्सेस बुढो उम्मेदवार बीचको प्रतिष्पर्धामा युवा उम्मेदवार नेकपा एमालेका अजयकुमार गुप्ता प्रति क्रेज बढेर गएको हो । गौर नगरपालिकाको मेयरमा पूर्ण कार्यकाल विताएर गरेको काम कत्तव्र्यलाई पुरा गराउन एवं बाँकी रहेका विकासको पुर्वाधारहरु खडा गर्नका निमित्त प्रतिनिधि सभा सदस्य पदमा केपी ओलीको विश्वास पात्र बनेर रौतहट १ बाट उम्मेदवारी दिदा स्थानीय युवा एवं धरातल संग जोडिएका मतदाताहरुको गुप्ता प्रतिको माया बढेर देख्दा उनको विजय हुने प्रवल सम्भावना रहेको स्थानीय गौर अमित ठाकुरले बताए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग प्रतिष्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवार अजय गुप्ता चुनावी रणनितिका साथ अगाडी बढि रहेको उनले भने । दुवै उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा ल्याउन मतदाताहरुको घर दैलोमा पुग नपुग भ्याई नभ्याईको अवस्था रहेपनि युवा गुप्ता हरसम्भव मतदाताको समक्ष पुग्न सकेको छ भने नेपाल वृद्ध भएको कारण प्रत्येक घरदैलो सम्म पुग्न निकै चुनौती भईरहेका छन् ।


रौतहटबाट निर्वाचित भएर प्रधानमन्त्री समेत भइसकेका नेता नेपाललाई गठबन्धनका उम्मेदवारहरुले पनि सघाइरहेको छ । तर नेता नेपाललाई यसभन्दा पहिले मत दिएका स्थानियले यस पटक गुनासो बढी गरिरहेका छन । प्रधानमन्त्री समेत बनेका व्यक्तिले जिल्लामा समुचित विकास गर्न नसकेकोमा स्थानीयको गुनासो छ । खास गरी जुद्ध माध्यमिक विद्यालयको छात्रावास तथा बाग्मती नदीको पुल निर्माण गराउन नसकेको भन्दै स्थानीयले दुखेसो गरेका छन ।
दोश्रो संविधानसभा निर्वाचनमा माधव कुमार नेपाल संग तिन सय मतले पराजित भएका एमालेका नेता गुप्ताले यो चुनावमा नेपाललाई कडा चुनौती दिइरहेका । गुप्ताले आफ्नो जितका लागि यतीबेला भेटघाटलाई तिब्र पारेका छन । एमालेका तर्फबाट क्षेत्र नं. १ को क बाट राजकिशोर यादवसँगको सहकार्यमा गुप्ताले घरदैलो कार्यक्रममा जोड दिइरहेका छन भने एकीकृत समाजवादीका नेता नेपालले पनि गठबन्धनका उम्मेदवारहरुसँग घरदैलो कार्यक्रममा व्यस्त छन ।
दुवै नेतालाई सुनिरहेका स्थानिय भने अहिलेनै कसैको पक्षमा खुल्न चाहदैनन । घरदैलोमा आएका नेताहरुको आश्वासन र तर्कहरु सुन्दै उनीहरु मंसिर ४ मा आफ्नै स्वविवेकले मतदान गर्ने बताए । एमालेका नेता अजय गुप्ता र गठबन्धनका तर्फबाट नेकपा समाजवादीका उम्मेदवार माधव नेपाल दुवैले आफुहरुलाई स्थानियको सर्मथन रहेको दाबी गर्छन । तर युवाहरु अहिले गुप्ता प्रतिको रुझान बढेर गएको हुँदा मंसिर ४ मतदान सम्पन्न भएपछि हुने मतगणनाको अन्तिम परिणाम पश्चात विजयी हुनेमा स्थानीयहरु पूर्ण विस्वस्त रहेको उनीहरुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार