अलपत्र रहेको जुमावीको छात्राबास भवन खण्डहरमा परिणत हुँदै

1017 Shares

तराई टप संवाददाता
रौतहट, २५ चैत । देशकै जेठो विद्यालय मध्येकको जुद्ध माध्यमिक विद्यालय गौरको छात्रावास भवन विगत १५ बर्ष देखि अल्पत्र अवस्थामा रहेपनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैनन् ।
भारतीय सरकारको आर्थिक सहयोगमा तात्कालिन राजुदत शिवशंकर मुखर्जीले २०६२ साल पुस १४ गते शिलान्यास गरेको छात्रावास भवन निर्माण क्रममा निर्माण कम्पनी फरार भएपछि उक्त भवन अलपत्र अवस्थामा पुगेपनि सम्बन्धित निकाय ध्यान दिन नसकेको गुनासो स्थानीयहरुको रहेको छ ।
तिन तल्ले छात्राबास भवन, क्यान्टिन र कम्पाउण्ड वाल निर्माण गर्न गोरखा÷स्काई÷क्यानिओन जेभीले एक करोड ९८ लाख ८० हजारमा ठेक्का सम्झौता गरेर निर्माण कार्य सुरु गरेका थिए । एक तल्ले भवन निर्माण गर्दै गर्दा २०६४ सालमा विभिन्न वहाना देखाउदै निर्माण कम्पनी गौरबाट फरार भए देखि हाल सम्म छात्राबास भवन अलपत्र अवस्थामा पुगेका छन् ।
दुई बर्षमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको भएपनि १५ बर्ष भईसक्यो, एक तल्ले भवन बनेपनि अहिले खण्डहरमा परिणत भईसकेको अवस्था छ । निर्माण कम्पनी फरार भएपनि तत्कालिन जिल्ला विकास समितिबाट पटक पटक पत्रचार गरिएपनि अधुरो भवन बनाउन आएनन । अधुरो छात्राबास भवन बनाउन नआएपछि जिल्ला विकास समितिले २०६९ साल फागुन ५ गते कालो सुचीमा राख्ने निर्णय गरेको थियो ।
देशको चौथो विद्यालयको रुपमा स्थापित रहेका जुमावीमा अध्ययन गर्ने दलित, गरिव, जेहन्दार विद्यार्थीहरुलाई छात्रावास भवनमा बसेर अध्ययन गर्नको लागि निर्माण गरिएको उक्त भवन निर्धारित समय भन्दा १५ बर्ष वितिसक्दा ति विद्यार्थीहरु निकै मारमा परेको प्रधानाध्यापक चन्देश्वर राउत पटेलले बताए ।
छात्रावास भवन बनाउन निकै पहल गरिएको तर अहिले सम्म कुनैपनि निकायबाट सकारात्मक पहल नहुँदा दिनानुदिन खण्डहरमा परिणत हुँदै गएको प्रअ पटेलले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार