आखिर सप्तरी २ मा उपेन्द्र किन कमजोर भए ?

214 Shares

राजविराज । जसपा अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट चुनावी प्रतिस्पर्धामा कमजोर देखिएपछि जातीयताको साहरा लिएका छन् । 

राजविराजमा अलोकप्रिय बन्दै गएका उपेन्द्रले यादव समुदायको मत पाएर चुनाव जित्ने रणनीति लिएका हुन् । पछिल्ला दिनमा यहाँ पाँच दलीय गठबन्धनका उम्मेदवार जयप्रकाश ठाकुरको पक्षमा माहोल बन्दै गएपछि उपेन्द्रले भावनात्मक रुपमा यादवहरुलाई एकत्रित पारेर चुनाव जित्ने योजना बनाएका हुन् । 

यादवहरुलाई भावनात्मक रुपमा आफूतिर तान्न उपेन्द्रले हिंसा भड्काउन सक्ने आकलन गरेर स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । जातीय हिंसा भड्किन नदिन सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । खासगरी भारततर्फबाट हुनसक्ने घुसपैठमा सुरक्षा संयन्त्र अलर्ट रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । 

उपेन्द्र किन कमजोर बने ?

आफैँले दुश्मन भनेर चिनाएको पात्र ओलीसँग गठबन्धन गर्ने निर्णय लिएयता उपेन्द्र मधेशी जनताको निशानामा परेका छन् । नागरिकता विधेयक एमालेले रोकेपछि मधेश प्रदेशका सबै जिल्लामा अध्यक्ष केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाउन लगाएका उपेन्द्रले एमालेसँगै कुम जोडेपछि जसपाका नेता कार्यकर्ता निराश छन् । आफैले ‘मधेशको दुश्मन’ भनेको एमाले र ओलीसँग सहकार्य उपेन्द्रकै लागि आत्मघाती बनेको छ । कार्यकर्ता मात्र होइन, मतदाता पनि रुष्ट छन् । ओलीलाई मधेस प्रवेशमै रोक लगाउने उपेन्द्रले अहिले हात मिलाएपछि मधेसभरमै निराशाको स्थिति पैदा भएको छ । जसपाका कार्यकर्ताको मनोबल खस्किएको छ । कार्यकर्ताले मतदातालाई कन्भिन्स गराउन सकेका छैनन् । मत माग्न पनि सकस भएको छ । 

२०७४ सालको निर्वाचनमा जसपा अध्यक्ष यादवले २१ हजार ६ सय २० मत ल्याएर माओवादी केन्द्रका नेता उमेशकुमार यादवलाई पराजित गरेका थिए । तर त्यो अवस्था अहिले छैन । त्यतिबेला तत्कालीन राजपाबाट बागी उठेर स्वतन्त्र रुपमा ९ हजार ४५९ हजार मत पाएका जयप्रकाश ठाकुरले अहिले उपेन्द्रलाई आधिकारिक गठबन्धनको उम्मेदवार बनेर चुनौती दिइरहेका छन् । गएको प्रतिनिधि सभा निर्वाचनमा एक्लै राम्रो मत ल्याएको लोसपाका नेता ठाकुरलाई उपेन्द्रका सबैभन्दा ठूला प्रतिस्पर्धी मानिएको छ । यसअघि हार्दैआएका र अहिले तेश्रो पटक प्रतिस्पर्धामा उत्रिएका उनलाई यसपालि गठबन्धन दलको समर्थन प्राप्त भएकोले पनि उनी तुलनात्मकरुपमा बलियो छन् । नेपालपाना

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।