भारत तर्फ जान लागेको गाँजा सशस्त्र प्रहरीले मलंगवाबाट बरामद

263 Shares

सर्लाही, १ मंसिर । सर्लाहीको चोर नाका भएर सीमापारी भारत तर्फ लैजानको लागि तयारी अवस्थामा राखिएको ठूलो परिमाणमा लागुऔषध गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
मलंगवा नगरपालिका ११ गम्हरिया स्थित पेट्रोल पम्पमा बेवारिसे अवस्थामा खडा रहेको मिनिरल वाटर बोकेको ट्रक भित्र १४ पोकामा रहेको १४० किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनेले जनाएको हो ।
बागमती प्रदेश ३०१÷००ख १७०४ नम्वरको ६ चक्के टाटाको ट्रकमा लागुऔषधको पोकाहरु रहेको र केही वेरमा सिमापारी भारत जाने छन् भनेर बाहिनीमा प्राप्त जानकारीको आधारमा विओपी मलंगवाबाट सशस्त्र प्रहरीको टोलीले बुधवार राति ७.३० बजेको समयमा वेबारिसे अवस्थामा उक्त ट्रकलाई नियन्त्रणमा लिएपछि तलासी गर्दा मिनिरल वाटरको कार्टुनको तल लागुऔषधको पोका बरामद गरिएको बाहिनी प्रमुख एवं डिआइजी गणेशबहादुर ठाडा मगरले जानकारी दिए ।
बरामद गरिएको ट्रक सहित लागुऔषध गाजालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवाको जिम्मा लगाइएको उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार