निर्वाचनमा मतपरिणामलाई प्रभावित पार्नका निमित्त अबैध रुपमा नेपालमा भित्रयाइएको मतपत्र सहित एक भारतीय मुसलमानलाई नेपाली प्रहरीले पक्राउ गरेको छ ।
नेपालीहरुको महान पर्वको रुपमा मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कुनै दललाई मतपरिणामबाट प्रभावित पार्न तिनैको षड्यन्त्रमा भारतबाट अबैध मतपत्र ल्याएको खवर पर्सा प्रहरीलाई विशेष सुराकीबाट थाहा भएपछि ति भारतीय मुस्लिमलाई पक्राउ गर्न सफल भएको हो ।
भारतसँग सीमा जोडिएको पर्साको जानकीटोला नाकाबाट भित्र्याउँदै गरेको १५ हजार थान नमूना मतपत्र सहित भारत बिहारको नरकटिया ग्राम पन्चायत वडा नम्बर १४ घर भएका ४० वर्षिय इजाजत अहमदलाई प्रहरीले पक्राउ गरियो ।
भारत बिहारबाट बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा अबैध नमूना मतपत्र बोकेर जानकीटोला नाका हुँदै गत मंगलवार छिरेका अहमदलाई जानकीटोला नाकामा खटिएको प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरिले बताए ।
नेपालमा मंसिर ४ मा हुन् गइरहेको निर्वाचनका लागि नमूना मतपत्र गैरकानूनी रुपमा नेपालमा भित्रयाउँदै गरेको अवस्थामा पक्राउ परेका अहमदलाई इलाका प्रहरी कार्यालय पोखरीयाको हिरासतमा राखेर आवश्यक अनुसन्धान भईहेको जानकारी दिए । उक्त मतपत्र कहाँ छापिएको हो र कुन प्रयोजनको लागि ल्याइएको वारेमा प्रहरीले गहन अनुसन्धान गरिरहेको बताइएको छ ।
स्मरणीय छ, पछिल्ला केही दिन देखि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट पराजित हुने निश्चित अवस्थामा पुगेपछि अनावश्यक रुपमा मतदाताहरुलाई धम्काउने, मतपरिणामलाई प्रभावित पार्ने गतिविधिमा केही संदिग्ध तत्वहरुको साँठगाँठमा निरन्तर सक्रियता रहेको बुझिएको छ । साही क्रममा पर्सा जिल्लाबाट नियन्त्रणमा लिइएको नगरकटियागञ्जका मुस्लिम युवक अहमदबाट बरामद भएका मतपत्र कतै उपेन्द्र यादवका पार्टीका लागि आएको त होइन प्रश्न उब्जीएको छ ।

मधेशका जिल्लामा मुस्लिम ध्रुविकरण भईरहेको हुँदा भारतका केही मुस्लिमहरु तथाकथित रुपमा उपेन्द्र यादवलाई सघाउने अभियानमा जुटेको अवस्थामा त्यस तर्फ पनि नेपाली सरकार गम्भीर भएर सचिरहेको श्रोतले दाबी गरेको छ ।
पर्सा क्षेत्र नम्वर ४ का जालिम मुखियाको उक्त नमूना मतपत्र संगको संलग्नता देखिएको तथा मुखियाको साँठगाँठ नेकपा एमाले र जसपा संग रहेको हुँदा मधेश प्रदेशमा नेकपा एमाले र जसपाको अवस्था अत्यन्तै दैनिय रहदा नक्कली मतपत्रबाट मतपरिणामलाई प्रभावित बनाउने षड्यन्त्र भईरहेको श्रोतले बतायो ।
यस्ता गैर कानुनी कार्य गर्ने जुनसुकै व्यक्ति, समुदाय वा जालसाजलाई समयमै कानुनी डायरमा ल्याउनुपर्ने सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन