रौतहट, १ मंसिर । आसन्न आम निर्वाचनलाई मध्यनजर राख्दै भारत संग सिमा नाकाहरु विहिवार राति १२ बजे देखि बन्द हुने भएको छ ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सुरक्षाको मध्यनजर राख्दै मधेश प्रदेशका ८ वटै जिल्लाका भारत संग जोडिएका सिमानाकाहरु आज राति १२ बजे देखि आईतवार राति १२ बजे सम्म बन्द रहने भएको हो ।

निर्वाचन हुनु ७२ घण्टा अघि देखि मौन अवधी सुरु हुने भएको हुँदा सो समयमा सीमापारी भारतबाट नेपाली मतदाता बाहेकको हकमा अन्य देशका नागरिकलाई नेपालमा प्रवेश गर्नमा पूर्ण प्रतिबन्ध रहेको स्थानीय प्रशासनले जनाएको छ ।
रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको भारत संग जोडिएका सीमानाकाहरु बन्द रहने बुझिएको छ । निर्वाचनको समयमा सीमापारीबाट हुन सक्ने अवाञ्छित गतिविधिहरुलाई पूर्ण रुपमा नियन्त्रण गरेर निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरण सम्पन्न गराउने स्थानीय प्रशासनको पूर्ण भूमिका रहने भएको हुँदा सुरक्षाको सबै व्यवस्थापन पुरा भएको रौतहटको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन