यतिन्द्र शर्मा
मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जनता समाजवादी नेपाल का अध्यक्ष उपेन्द्र यादव सहित उनका पार्टीका उम्मेदवारहरुलाई जिताउन मित्र राष्ट्र भारतमा सक्रिय रहेका कट्टरपन्थी मुसलमानहरु कथि रुपमा सक्रिय भएर लागिपरेका छन् ।
मित्र राष्ट्र भारतमा मुस्लिम राजनीति गरिरहेका मुसलमानहरु अहिले जसपा अध्यक्ष उपेन्द्र यादव संग अपवित्र साँठगाँठ गरी जिताउने अभियानमा विभिन्न किसिमका षड्यन्त्र गरिरहेका हुन् । जसको परिणाम स्वरुप पर्सा जिल्लामा एक भारतीय मुसलमान नक्कली मतदाता पत्र सहित पक्राउ परेपछि उक्त साँठगाँठमा संलग्नता रहेको पुष्टि गरेको छ ।
पछिल्ला विभिन्न समयमा जसपा अध्यक्ष उपेन्द्र यादवले सत्तामा पुग्न विभिन्न जालझेल गर्दै यहाँ सम्म आईपुगे तर उनले मतदाताहरु संग गरेका आश्वासनहरुलाई लत्याउदै घोर मधेश विरोधी शक्ति संग तालमेल गरेपछि उनको र पार्टीको अवस्था अति नै कमजोर बन्दै गएपछि अदृष्य शक्तिको इशारामा उनले भारतीय मुसलमान संग साँठगाँठ गरेर जित्ने पक्षमा लागि परेको पछिल्ला गतिविधिबाट प्रमाणित भएको छ ।
भारतीय मुसलमानहरु पनि उपेन्द्र यादव जितेमा उनीहरु बलियो बन्न चाहेका घृणित उद्देश्यका साथ उनीहरु लागिपरेका छन् । किन भने नेपाल भारतको सीमावर्ती क्षेत्रमा मुस्लिमहरुको संख्यामा ह्वातै वृद्धि भएको, तेश्रो मुलुकबाट फण्डिंग समेत जारी रहेको हुँदा आउदो केही समयमा सीमा क्षेत्रमा सुरक्षा चुनौती बढेर जाने भएको देखिन्छन् ।
नेपाल र भारतको लागि यस्ता कट्टरपन्थी मुसलमानहरु खतराको रुपमा बढ्दै गएको हुँदा दुबै देशका सरकारले त्यस्ता कार्यहरुलाई समयमै निगरानी राखेर सीमा क्षेत्रमा बढिरहेको मुस्लिम बाहुल्यतालाई अंकुश लगाउनु पर्ने छ । नत्र यो आउदो केही बर्षमा निकै भयाभय रुप लिनेछन् जसले नियन्त्रण गर्न निकै कठिनाई हुने श्रोतले बतायो ।
मधेश प्रदेशका मुख्यमन्त्री रहेका जसपाका नेता लालबाबु राउत गद्दीको समन्वयमा भारतमा रहेका विभिन्न भारतीय मुसलमानहरु उपेन्द्रको पक्षमा यतिवेला निकै सक्रिउ रहेको हो । मुस्लिम संगठनहरुद्धारा हुण्डी र अन्य अदृष्य माध्यमबाट उपेन्द्र समक्ष रकम पुर्याउदै आएको नेपालका गुप्तचर निकायमा रिपोर्ट प्राप्त भएको ति श्रोतले दाबी गरे । सप्तरी २ मा उपेन्द्रलाई जिताउन पनि उनीहरुले अदृश्यरुपमा लगानी गरेको गुप्तर विभागका एक उच्च अधिकारीले बताए । यसैकारण उपेन्द्र हार्ने अवस्थामा यहाँ हिंसात्मक घटना हुन उच्च सतकर्ता अपनाइएको उनले बताए ।
मधेशमा उपेन्द्र र जसपालाई भारतीय मुस्लिम संगठनबाट सहयोग भइरहँदा पर्सामा भएको घटनाको पनि कनेक्सन हुनसक्ने आकलन सुरक्षा निकायको छ । तर यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ । मंगलबार भारतबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको फर्जी मतपत्रसहित एक भारतीय मुस्लिम पक्राउ परेका थिए । भारतसँग सीमा जोडिएको पर्साको जानकीटोला नाकाबाट भित्र्याउँदै गरेको १५ हजार थान फर्जी मतपत्रसहित भारत बिहारको नरकटियागञ्ज ग्राम पञ्चायत वडा नम्बर १४ घर भएका ४० वर्षीय इजाजत अहमदलाई पक्राउ गरिएको थियो ।
आर्थिकसँगै उनीहरुले फर्जी मतदानका लागि नक्कली मतपत्र पठाएको हुनसक्ने आकलन छ । मतदाता प्रभावित पार्ने घटना भन्दै निर्वाचन आयोगले नै ध्यानाकर्षण जनाउँदै सुरक्षा निकायलाई कारवाही गर्न निर्देशन दिइसकेको छ ।
यस्ता घटनाले मधेशमा फर्जी मतपत्र हुनसक्ने डरलाग्दो अवस्था खड भएको महसुस गरिरहेको छ । प्रहरीले ती भारतीय मुस्लिम नागरिक अहमदबाट बरामद गरेको मतपत्रमा नेपाली कांग्रेसको चुनाव चिह्न रुखबाहेक अन्य सबै दलको चुनाव चिह्न रहेकाले ती मतपत्रहरु पर्सा क्षेत्र नम्बर ४ का जसपाका उम्मेदवारहरुले मगाएको हुन सक्ने आशंका ति निकायले गरेको छ ।
स्मरणीय छ कि, जसपा अध्यक्ष उपेन्द्र यादवले नेपालमा सम्प्रदायीकता मचाएर आफनो राजनीति दाउ पेचको माध्यमबाट निर्वाचनमा जित्ने प्रपंच रचेको हुँदा त्यस प्रति नेपाल सरकार गम्भीर भएको छ । साथै सिमा क्षेत्रमा मुस्लिम गतिविधिलाई पूर्ण रुपमा नियन्त्रण गरेर दुई देश विचको मित्रताको सम्बन्धमा कुनै अड्चन खडा हुन नदिन नेपाल सरकार सधै सत्तर्क रहेको तथा कटिबद्ध रहेको बताइएको छ ।