नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्षमा झा निर्वाचित

   २५ चैत्र २०७७, बुधबार १९:०५  

 


रौतहट, २५ चैत । नेपाल पत्रकार महासंघ रौतहट शाखाको सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा प्रेमचन्द्र झा निर्वाचित हुनु भएको छ ।
अध्यक्ष पदमा २० मत प्राप्त गरेर झा निर्वाचित भएको हो । उपाध्यक्षमा प्रविण शर्मा, महिला उपाध्यक्षमा रजनी ठाकुर झा, सचिवमा मदन ठाकुर (धनन्जय), सह सचिवमा संजय सहनी, कोषाध्यक्षमा धर्मेन्द्र साह, महिला सदस्यमा विणा राउत निर्वाचित हुनु भएको निर्वाचन अधिकृत विनयलाल दासले जानकारी दिए ।


यसैगरी खुला सह सचिवमा दिपेश पौडेल, खुला सदस्यमा रामपुकार राउत र राकेश यादव, मधेशी सदस्यमा नन्दभुषण श्रीवास्तव, जनजातीमा प्रकाश श्रेष्ठ, अपाँग उमेश यादव, दलितमा रामप्रवेश वैठा यस अघि निर्विरोध निर्वाचित भइसकेको थियो ।
राष्ट्रिय परिषद सदस्यमा अशोक कुमार पहाडी, उत्तमकुमार उपाध्याय, रामएकवाल साह, विकास अग्रवाल र प्रदेश परिषद सदस्यमा रत्न अधिकारी, राजेन्द्रकुमार क्षेत्री, विवेक अधिकारी, गोपाल आचार्य निर्विरोध निर्वाचित भईसकेको निर्वाचन अधिकृत दासले बताउदै प्रदेश र केन्द्रको मतगणना विहिवार विहान १० बजे देखि हुने उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै