युएइलाई ६ विकेटले हराउदै २—१ ले श्रृंखला हात पारे नेपाल

309 Shares

काठमाडौं, २ मंसिर । नेपाली क्रिकेट टिमले युएईलाई ६ विकेटले पराजित गर्दै पहिलो पटक घरेलु मैदानमा श्रृंखला २—१ ले हात पार्न सफल भएको छ ।
नेपालले पहिलो पटक घरेलु द्विपक्षीय अन्तराष्ट्रिय एकदिवसीय श्रृंखला हात पार्न सफल भएको हो ।
आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीको कारण नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै श्रृंखला जितेका छन् । नेपाललाई श्रृंखला जित्न ४०.१ ओभरको समय लागेका थिए ।


अर्जुन साउद ९ रनमा आउट भएपछि आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटमा १ सय २२ रन जोडेका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको दोस्रो ठूलो साझेदारी हो । मार्चमा पपुवा न्यु गिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले यसअघि तेस्रो विकेटमा १ सय २९ रन जोडेका थिए ।
आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पाँचौं अर्धशतक बनाउनेक्रममा म्याच विजयी ८८ रन जोडे । उनले १ सय १९ बल खेली १२ चौका प्रहार गरे । कप्तान रोहित पौडेल १० रनमा आउट भए । दीपेन्द्र खाता खोल्नुअघि आउट भए । रोहित र दीपेन्द्र रन आउट भए ।
यसअघि नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङ गर्न आएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ७६ रनमात्र बनाउन सकेको थियो ।
आयन खान र हजरत बिलालले अन्तिम विकेटमा अविजित ८३ रनको साझेदारी गरेपछि यूएई केही बलियो बनेको थियो । यसै शृंखलाबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका आयनले ६३ बलमा अविजित ५४ रन बनाए । उनले ७ चौका र १ छक्का प्रहार गरे ।
बिलालले ५४ बल खेली १ छक्कासहित २० रन बनाए । दुबैको एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च स्कोर हो । त्यसअघि एलिसन सराफुले ३३ र रोहन मुस्ताफाले २४ रन बनाएका थिए । सराफुले ६९ बल खेल्दै ४ चौका प्रहार गरे । पूर्वकप्तान मुस्ताफाले ५६ बलको इनिङ्समा २ चौका प्रहार गरे । ओपनर मोहम्मद वासिमले ११ रन बनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार