फर्जी मतपत्रको चलखेल, फर्जी मतपत्र, नगद सहित २ जना सुरक्षाकर्मीको नियन्त्रणमा

   २ मंसिर २०७९, शुक्रबार १९:४८  

बारा, २ मंसिर । निर्वाचनको मिति नजिकिदै जाँदा फर्जी मतदाताको अचेत मधेशका जिल्लाहरुमा निकै चलखेल भईरहेका छन् । फर्जी मतपत्र ओसारपसारकै क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले बारा सदरमुकाम कलैयाबाट वीरगञ्ज तर्फ जाँदै गरेको एक नेपाली नम्वरको कारलाई चेकजाँचको क्रममा नगद सहित फर्जी मतपत्र सहित नियन्त्रणमा लिएपछि फर्जी मतपत्रको छ्यापछ्याप्ती भईरहेको माथि निर्वाचन आयोग गम्भीर बन्नु पर्ने अवस्था सृजना भएका हुन् ।
फर्जी (नक्कली) मतपत्र र नगदसहित दुईजना पक्राउ परेपछि निर्वाचनको मतपरिणाम प्रभावित पार्ने ठूलो चलखेल जारी रहेको आशंका हुनु स्वभाविकै हो । वीरगञ्जको बसपार्क सडकखण्डबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले दुई लाख ७२ हजार नगद र नक्कली मतपत्रसहित दुई जनालाई पक्राउ गरेको छ ।


बाराको कलैयाबाट वीरगञ्ज आउँदै गरेको बा. प्रदेश १– १०२५ च ६६३६ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा नगदसहित नक्कली मतपत्र फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ का कार चालक अमिरी राउत र कारमा सवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका राजन सिंह रहेका छन् ।
उनीहरूको साथबाट फेला परेको नक्कली मतपत्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान छ । उनीहरूको साथमा साइकल छापको करिब ७ देखि ८ हजार प्रति नक्कली मतपत्र भेटिएको छ । यस अघि पार्साको जानकी टोला भएर नेपाल प्रवेश गरेका भारतीय मुसलमान इजाजत अहमदलाई १५ हजार फर्जी मतपत्र सहित पक्राउ गरेको दुई दिन नवित्दै पुन ः फर्जी मतपत्र सहित दुई जना पक्राउ गर्नु बाट मधेश प्रदेशमा फर्जी मतपत्रबाट मतपरिणामलाई प्रभावित पर्ने ठूलो षड्यन्त्र भएको सुरक्षा निकायले आशंका व्यक्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै