zoom app download 2020 zoom meeting download windows 10 laptop download zoom pp zoom icon download basic instructions for joining zoom meeting

स्थिर समयमा समाजिक संजाल एवं अनलाईन मिडियाबाट तत्कालै प्रचारप्रसार सामग्री हटाउने आग्रह नत्र दण्डको भागी बन्नु पर्ने

   २ मंसिर २०७९, शुक्रबार २०:०२  

काठमाडौं, २ मंसिर । निर्वाचन आयोगले स्थिर समयमा चुनावमा भाग लिएका उम्मेदवारहरुको प्रचार प्रसार गर्न नपाइने भएपनि समाजिक संजालमा प्रचारप्रसारका सामग्रीहरु अझै पनि नहटेकोमा त्यसलाई तत्काल हटाउन आयोगले पुन आग्रह गरेको छ ।
आयोगले स्थिर समय सुरु हुनुभन्दा अघिदेखि नै प्रचारका सामग्री सामाजिक सञ्जालबाट हटाउन अनुरोध गरे पनि धेरैले अझै हटाएका छैनन् । कतिपयले सामाजिक सञ्जालबाट प्रचारका सामग्री हटाए पनि धेरैले राखिराखेको पाइएको भन्दै आयोगले फेरि पनि यस्ता सामग्री हटाउन आग्रह गरेको हो ।


आयोगले स्थिर समयमा सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै पनि राजनीतिक दल वा उम्मेदवारको विज्ञापन गर्न नपाइने भएकाले त्यस्ता सामग्री हटाउन पनि भनेको छ । चुनावी प्रचार सामग्री सामाजिक सञ्जालमा नराख्न र लाइक, कमेन्ट, सेयर, ट्याग वा प्रति कमेन्ट समेत नगर्न आयोगले प्रयोगकर्तालाई आग्रह गरेको हो । यदी त्यसो गरेमा आयोगले कानुनी कारवाही अघि बढाउने तथा दण्ड जरिवाना समेत गर्ने जनाइएको छ ।
यस्तै, चुनावका दिन मतदान केन्द्रका वरपर दल वा उम्मेदवारका चुनाव चिह्न भएका पोसाक, लोगो, ब्याज, झण्डा, टिसर्ट, टोपी, स्टिकरलगायत प्रयोग गर्न पाइने छैन । पर्सि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । आयोगले कसैको दबाबमा नपरिकन ढुक्क भएर मत दिन पनि आग्रह गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै