380
Shares
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरुणचल प्रदेशको होलोंगीमा बनेको पहिलो विमान स्थलको आज उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अरुणाचल प्रदेशको पहिलो होलोंगी विमानस्थलको उद्घाटन गर्ने भएको हो । डोनी पोलो विमानस्थल सञ्चालनमा आएपछि यसले कनेक्टिभिटी, व्यापार र पर्यटनलाई बढावा दिने अधिकारीहरूले बताएका छन् ।
लगभग ६४५ करोडको लागतमा एयरपोर्ट्स अथोरिटी अफ इन्डिया द्वारा विकसित गरिएको एयरपोर्टमा आठ वटा चेक–इन काउन्टरहरू हुनेछन् र २०० यात्रुहरू समायोजन गर्न सक्नेछन्, अधिकारीहरूले भने ।