भारतको स्पेशमा निजी क्षेत्रको प्रवेश, श्रीहरिकोटाबाट विक्रम एसको सफल प्रक्षेपण

173 Shares

नयाँ दिल्ली । भारतमा निर्माण गरिएको पहिलो निजी रकेट ‘विक्रम एस’ को अन्तरीक्षमा सफल रुपमा प्रक्षेपण गरिएको छ । हैदरावादको एक निजी स्टार्टअप कम्पनी स्काईरुटले बनाएको उक्त रकेट आज श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको हो ।
यसै संग भारतको अन्तरीक्ष प्राविधिमा निजी रकेट कम्पनीले प्रवेशको सुरुवात भएको भारतीय मिडियाहरुले प्रमुखताका साथ सामाचार प्रकाशित गरेका छन् । निजी कम्पनीहरुले पनि आफ्नो रकेट लन्च गर्ने देशहरुको सूचीमा भारत पनि समावेश हुनुलाई एक ठूलो उपलब्धिको रुपमा मानिएको छ । उक्त रकेटको नाम भारतको अन्तरीक्ष अनुसन्धान संगठन इसरोका संस्थापक डा. विक्रम साराभाइको नामबाट राखिएको छ ।
विक्रम सिरिजमा तीन प्रकारका रकेट लन्च गरिने छ, जसलाई साना आकारका स्याटेलाइट अन्तरीक्षमा लैजानका लागि उपयोग गरिने छ । विक्रम–१ यसै सिरिजको पहिलो रकेट हो । विक्रम–२ र विक्रम–३ ले भारी वजनलाई पृथ्वीको तल्लो कक्ष्मा पुर्याउने छन् । यी तीनमध्ये एक विदेशी कम्पनीका र बाँकी दुई भारतीय कम्पनीका उपग्रह हुन् ।
विक्रम–१ सिरिजको पहिलो रकेट हो । विक्रम–२ र विक्रम–३ ले भारी वजनलाई पृथ्वीको तल्लो कक्ष्मा पुर्याउने छन् । यी तीनमध्ये एक विदेशी कम्पनीका र बाँकी दुई भारतीय कम्पनीका उपग्रह हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार