कृष्णबहादुर श्रेष्ठ र जितेन्द्र सोनल संग आयोगले सोध्यो १२ घण्टे स्पष्टीकरण

   मंसिर ३, २०७९  
482 Shares

श्याम गुप्ता
बारा, ३ मंसिर । मौंन अवधिमा पनि घरदैलो गरेको समाचार सार्वजनिक भए पछि बारा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) एवंम् क्षेत्र ४ (ख) का प्रदेशसभा सदस्य पदका उम्मेदवार जितेन्द्र सोनलसँग निर्वाचन आयोगले १२ घण्टे स्पष्टीकरण सोधेको छ । 
  निर्वाचनको स्थिर समय अर्थात् मौंन अवधि सुरू भइसकेको अवस्थामा पनि प्रचार प्रसार गरेको भन्दै दुबै जनासँग आयोगले स्पष्टीकरण सोधेको हो ।  
  आयोगले दुबै जनालाई एकै व्यहोराको पत्र लेख्दै १२ घण्टा भित्र जवाफ दिन भनेको छ । 
तपाईंले निर्वाचन आचारसंहिता विपरीत हुँने गरी मौंन अवधिमा घरदैलो गरेको बारे समाचार प्रकाशन भएको प्रति आयोगको ध्यानाकर्षण भई यो पत्र लेखिएको छ,’ आयोगले भनेको छ,‘ निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ को उपदफा (१) को खण्ड (क) मा ‘निर्वाचन प्रचार प्रसार लगायत कुँनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइँने’ व्यवस्था छ ।  
आचारसंहिताको त्यही दफाको उपदफा (१) को खण्ड (ग) मा ‘कुँनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माँग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुँने’ व्यवस्था छ ।’
  ‘तपाईंबाट निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ को उपदफा (१) को खण्ड (क) र खण्ड (ग) को विपरीत हुँने कार्य भएको ठहर भएमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही नहुँनु पर्ने कारण के छ,’ आयोगले भनेको छ, ‘पत्र प्राप्त भएको समयले १२ घण्टा भित्र आयोगको इमेल वा जिल्ला निर्वाचन कार्यालय, बारामा प्राप्त हुँने गरी लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै