रौतहट, ३ मंसिर । मौन अवधी अर्थात (स्थिर) समयमा उम्मेदवारका कार्यकर्ताहरुले मतदातालाई प्रलोभनमा पर्न खाजिरहने ८ जनालाई नगद, स्वस्तिक छाप लागेको मतपत्र सहित संयुक्त सुरक्षा गस्ती टोलीले रौतहटको विभिन्न स्थानहरुबाट शुक्रवार राति नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जनता समाजवादी पार्टीका क्षेत्र नम्वर ४ प्रदेश सभा (ख) का उम्मेदवार फुलबाबु भन्ने मह्मद अबुल कलाम आजादका आफन्तहरु रहेको बताइएको हो । रौतहटको गढीमाई नगरपालिका ४ मा प्रहरी निरीक्षक अरविन्दकुमार साहको कमाण्डमा रहेका स.युक्त गस्ती टोलीले विआर ३० एवि ७५२० नम्वरको कारलाई चेकजाँच गर्दा प्रेसर कुकर, स्वस्तिक छाप लागेका ६ हजार मतपत्र सहितका सामग्रीहरु बरादम भएको बताइएको छ ।
कार चालक रौतहटको गरुडा नगरपालिका २ गेडहीगुठीका बैनाथ रायका २४ वर्षीय छोरा रंजितकुमार यादव, आशिक यादवका २३ वर्षीय छोरा निलेश यादव तथा जयनाथ राय यादवका १४ वर्षीय छोरा रंजन यादवका साथै वृन्दावन नगरपालिका ४ का सिउजी राय यादवका २३ वर्षीय छोरा अनिल यादव, कटहरिया नगरपालिका ६ फत्तेपुरका अभिजान मियाका ३१ वर्षीय छोरा मनिर मिया र मौलापुर नगरपालिका ६ पथराका रामचन्द्र राय यादवका २४ वर्षीय छोरा सत्यलाल यादव रहेको जनाइएका छन् ।
यस्तै बा १७ च ८३९८ नम्बरको कारबाट संयुक्त सुरक्षा टोलीलाई दुई जनालाई नियन्त्रणमा लिनुका साथै लखौँ रुपैयाँ नगद र मतपत्र बरामद गरेको छ । गढीमाई ४ बाट संयुक्त सुरक्षा टोलीले कार चालक गरुडा नगरपालिका ८ जिंगडियाका आसी महम्मदका २३ वर्षीय छोरा खुरसेद शेष र गढीमाई ३ गम्हरियाका शेष गनि महमदका ५१ वर्षीय छोरा शेष मुन्नालाई दुई लाख १४ हजार २ सय रुपैया नगदका साथै जसपा र एमालेको स्वस्तिक चिन्ह लगाएको मतपत्रसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका शेष र महमद जसपा एमाले गठबन्धनका उम्मेदवार फुलबाबु भन्ने अब्दुल कलाम आजादका आफन्त रहेको अनुसन्धानबाट खुलेको छ । शुक्रवार मध्य रातमा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका ८ जना व्यक्ति, कार तथा नगद र मतपत्रसहित अन्य विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएपी सुनिल मल्लले बताए ।
केही उम्मेदवारले रातारात पैसा बाँडिरहेको आरोप लागिरहेको समयमा रौतहटमा संयुक्त सुरक्षा गस्ती तिव्र पारिएको छ । यदी कहि कतै अवाञ्छित गतिविधि भईरहेको खवर पाउना साथ तत्कालै नियन्त्रणमा लिने प्रयास भईरहेको तथा मतदानलाई सभ्य एवं शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाकर्मी अहोरात्री खटिरहेको उनले बताए ।