विपुल पोखरेलको प्यानलद्धारा नेपाल पत्रकार महासंघमा विजयी

तराई टप संवाददाता
काठमाडौं, २८ चैत । नेपाल पत्रकार महासंघको सम्पन्न २६ औं महाधिवेशनबाट विपुल पोखरेलको अध्यक्षतामा प्यानल निर्वाचित भएका छन् ।
नेपाल पत्रकार महासंघको अध्यक्षमा नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनका विपुल पोख्रेल सहित उनको प्यानल नै निर्वाचित भएका हुन । उनले प्रधानमन्त्री केपी ओली पक्षधर नेकपा एमालेको प्रेस चौतारी नेपालबाट उम्मेदवार बनेकी शर्मालाई फराकिलो मतान्तरले पराजित गरेका गरेर महासंघमा पुन ः डेमोक्रेटको अध्यक्षतामा गुमेको साखलाई फर्काउन सफल भएका छन् । सम्पन्न मतगणनाको परिणम अनुसार अध्यक्षमा निर्वाचित भएका पोखरेलको पक्षमा ५८७७ मत ल्याए भने शर्माले ३३२६ मत प्राप्त गरी उनी पराजित भएकी छिन् ।
पोखरेल यसअघिको पत्रकार महासंघको कार्यसमितिमा उपाध्यक्ष थिए । दाङबाट पत्रकारिता थालेका पोखरेल प्रेस युनियनमा लामो समय देखि सक्रिय छन् । उनी झन्डै ३० वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रुपमा खटिरहेका छन्् । चैत २५ गते भएको चुनाव पछि तीन दिनयता जारी मतगणना शनिबार अपराह्न सकिएको थियो । ५१ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारी सबै पोखरेल नेतृत्वको गठबन्धनबाट निर्वाचित भएका छन् ।
कार्यसमितिमा तीन जना सदस्य बाहेक सबै पोखरेल प्यानलबाट निर्वाचित भए । तीन सदस्यीय लेखा समिति पनि पोखरेल पक्षको गठबन्धनबाट निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा प्रेस चौतारीबाट एक, एक जनता समाजवादी पार्टी निकट र अर्को स्वतन्त्र एक निर्वाचित भए ।
वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट ५६१० मतसाथ निर्वाचित भए । उनले प्रेस चौतारीका माधव नेपाललाई पराजित गरे । नेपालले ३२२५ मत ल्याए । उपाध्यक्ष महिलामा बाला अधिकारी निर्वाचित भइन् । उनले ६०२० मत ल्याउन सफल भईन उपाध्यक्ष समावेशीमा उदय जीएम निर्वाचित भएको छ । महासचिवमा रोशन पुरी ५२४४ मतसाथ निर्वाचित भए उनका प्रतिद्वन्द्वी शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित भए उनले ३२६६ मत ल्याए । सचिव खुल्लामा गोविन्दप्रसाद चौलागाईं निर्वाचित भएका छन् । सचिव महिलामा सृजना अर्याल, आदिवासी सचिव नारायण सुन्दर किलम्बू, सचिव मधेसीमा दीपेन्द्र चौहान, दलितमा हेमकर्ण विक, सचिव एसोसिएटमा पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल विजयी भएका छन । तीन सदस्यीय लेखा समितिमा लेखनाथ न्यौपाने, मुकुन्दप्रसाद भण्डारी र देवी सापकोटा निर्वाचित भएका छन् ।
महासंघको केन्द्रीय निर्वाचनमा कांग्रेसनिकट नेपाल प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस संगठन र नेकपा एमाले माधवकुमार नेपाल पक्षधर प्रेस चौतारीको चुनावी तालमेल थियो । यसलाई अग्रगामी प्रजातान्त्रिक प्यानल भनिएको थियो । केन्द्रमा यो तालमेल भएपछि अधिकांश जिल्ला र प्रदेशहरूमा पनि यही प्यानल एक भएर चुनाव लडे । केन्द्रमा खुला सचिव चौलागाईं र दलित सचिवमा विक नेपालनिकटबाट निर्वाचित हुन् ।
जितपछि अध्यक्ष पोख्रेलले पत्रकारहरूले आफ्नो संस्था ठान्ने गरी श्रमजीवी पत्रकारको हित र प्रेस स्वतन्त्रताका पक्षमा काम गर्ने बताए । ‘यो कसैको विजय र पराजय हैन । निर्वाचनका सन्दर्भमा भएका गठबन्धन चुनाव जित्ने रणनीतिका रुपमा भएका हुन्, समग्रमा जसले जिते पनि पत्रकार, पत्रकारिताको हितसँग सम्बन्धित सबै एजेन्डामा सबै साथीसँग छलफल भएका छन्,’ पोखरेलले भने, ‘मैले समग्र पत्रकारितालाई नयाँ उचाइको रुपमा लैजाने अवसरको रुपमा लिएको छु ।’