रौतहट, ४ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभाको आईतवार मतदान सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
रौतहट जिल्लामा ६५ प्रतिशत मत खसेको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय रौतहटले जनाएको हो । जिल्लाको २७६ मतदान स्थलमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ भने केही स्थानमा मतदान केन्द्र बाहिर हल्ला एवं विभिन्न चलखेल गर्न बसेका व्यक्तिहरुलाई धपाउन प्रहरीले सामान्य बल प्रयोग गर्नु परेका थिए । गुजरा नगरपालिकाको कनकपुर बुथ बाहिर सुरक्षाकर्मीले एसएलआरबाट दुई राउण्ड गोली हवाई फायर गर्नुपरेको थियो ।
यस्तै गरुडा नगरपालिका ६ अमरपटिमा स्वतन्त्र उम्मेदवारका समर्थकहरुद्धारा मतदान स्थल बाहिर झै झगडा गर्न थाल्दा सुरक्षामा खटिएका सुरक्षाकर्मीले पेस्तोलबाट दुई राउण्ड गोली हवाई फायर गरेर अवस्थालाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए । प्रजिअ शाहीका अनुसार रौतहटको इतिहासमा अत्याधिक भद्र, शान्तिपूर्ण र धाँधलीरहित रुपमा निर्वाचन सम्पन्न भएको छ ।
मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदाताहरुले मत खसाएको बताउदै उनले दुई तिन स्थानमा मतदातालाई प्रभावित पार्न खोज्ने अवस्थामा सुरक्षामा तैनाथ रहेका सुरक्षाकर्मीहरुले विना कुनै अप्रिय घटनाको अवस्थालाई नियन्त्रणमा लिई निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउनमा मद्दत पुर्याएको सुरक्षाकर्मी सहितका सम्पूर्ण रौतहटबासीले उनले धन्यवाद दिए ।
मतपेटिका ल्याउन क्रम जारी रहेको हुँदा सर्वदलिय बैठक गरेर मतगणना आजै राति देखि हुने प्रजिअ शाहीले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन