माओवादी केन्द्रद्धारा प्रदेश २ का चार जना साँसद संग २४ घण्टे स्पष्टिकरण माग

   २८ चैत्र २०७७, शनिबार १८:२७  

रौतहट, २८ चैत । नेकपा माओवादी केन्द्रबाट प्रदेश नम्बर २ मा साँसद रहेका ४ जना साँसदहरु एमालेमा रहेको हुँदा उनीहरुलाई २४ घण्टे स्पष्टिकरण माओवादी केन्द्र सोधेका छन ।
नेकपा माओवादी केन्द्रको प्रदेश सभामा प्रतिनिधित्व गर्नु पर्नेमा दल त्याग गरी अन्य दल नेकपा एमालेमा प्रवेश गरेको भनी सार्वजनिक सञ्चार माध्यमहरुमा अभिव्यक्ति आएपछि नेकपा माओवादी केन्द्र त्याग गरेको हो या होइन स्पष्टिकरण लिने भने नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिले निर्णय गरेका हुन् ।
माओवादी केन्द्रको निर्णय बमोजिम पत्र प्राप्त गरेको २४ घण्टाभित्र स्पष्टिकरण दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालद्धारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख रहेको छ । धनुषाबाट निर्वाचित रामचन्द्र पटेल, रौतहटका कुन्दन कुश्वाहा, बाराका ज्वाला कुमारी साह र समानुपातिक सासंद बाराका समिरा अंसारीलाई नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिले २४ घण्टाभित्र स्पष्किरण दिन अल्टिमेटम दिइएका छन् ।
सो स्पष्टिकरण सोधे सँगै चारै जना संसदको पद धरापमा परेको छ । नेकपा माओवादी केन्द्रलाई चित्त बुझ्दो जवाफ नदिइएमा उनीहरु कारवाहीमा पर्ने सम्भावना रहेको छ । ४ जना साँसद कारवाहीमा पर्ने सम्भावना बढ्दै जाँदा प्रदेश २ मा ४ जना सांसदको पद रिक्त रहने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै