अमेरिकी सरकारले भारतको स्वास्थ्य क्षेत्रमा १ करोड ५० लाख डलर भन्दा बढिको लगानी गर्ने भए

516 Shares

वासिंगटन । संयुक्त राज्य अमेरिकाले भारतको स्वास्थ्य पुर्वाधारलाई सुदृद्ध पार्नका निमित्त १ करोड ५० लाख अमेरिकी डलर भन्दा बढिको लगानी गर्ने भएको जनाइएको छ ।
अमेरिकी सरकारको सहायता निकाय ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्टले भारत सँगको साझेदारी बढाउन स्वास्थ्य क्षेत्रमा लगानी गर्न लागेको ह्वाइट हाउसले जनाएको हो ।
इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनले भारतमा सेवा नपुगेका स्थानमा नेत्रपरीक्षण केन्द्र, शल्यक्रिया, सामाजिक उद्यम, महिला उद्यमशीलता विकास तथा महिलाले उत्पादन गरेका सरसफाइका सामग्रीको प्रवद्धनमा लगानी गरिने ह्वाइट हाउसले बताएको छ ।
अमेरिका, इण्डोनेसिया र युरोपेली सङ्घका नेताले इण्डोनेसियाको बालीमा जारी विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी २० को शिखर बैठकमा विश्वव्यापी रूपमा निम्न र मध्यम आय भएका देशमा गुणस्तरीय पूर्वाधारमा लगानी बढाउनुपर्ने तथा विश्वअर्थतन्त्रलाई पुनः गतिशील एवम् सुदृढ तुल्याउनु पर्नेमा जोड दिएका छन् ।
शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति जो बिडेन, इण्डोनेसियाका राष्ट्रपति जोको विडोडो, र युरोपेली आयोगका अध्यक्ष उर्सुला फोैन डेयर लेनले अर्जेन्टिना, क्यानडा, फ्रान्स, जर्मनी, भारत, जापान, गणतन्त्र कोरिया, सेनेगल र संयुक्त अधिराज्यका मन्त्री तथा नेतासँग बेग्लाबेग्दै भेटेर साझा चासोका विश्वव्यापी मुद्दाका साथै पूर्वाधार निर्माणमा लगानी बढाउनेबारेमा विचारविमर्श गर्नुभएको थियो । ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्ट मार्फत लगानी गर्नेबारेमा पनि उहाँहरूबीच छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार