प्रभु साह जितको तर्फ अघि बढ्दै

   ६ मंसिर २०७९, मंगलवार १३:३३  

रौतहट, ६ मंसिर । रौतहट ३ बाट स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहले आफना प्रतिद्धन्दी संग झण्डै दोब्बर मतले अन्तर बनाउदै जितको तर्फ उन्मुख हुदै गएको छ ।
सत्तारुद्ध वाम लोकतान्त्रिक गठबन्धनले समर्थन गरेपछि जिल्ला स्थित नेपाली काँग्रेसका जिल्ला सभापति सुनिल यादव, एसका प्रदेश उम्मेदवार नागेन्द्र यादवले स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालको पक्षमा मत माग्दै मञ्च साझा गरेर मत मागेपनि प्रभु साह प्रति मतदातहरुको क्रेजको कारण सबै बाधालाई चिर्दै उहाँ अहिले दोब्बर मतले अग्रता बनाउदै जितको तर्फ अघि बढिरहेको हो ।
चापाकल चुनाव चिन्ह पाएका उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा झन्डै दुई हजार मत बढी ल्याएर अग्रस्थानमा रहेका छन् । जनता मावि कटहरियामा भइरहेको मतगणनाको पछिल्लो परिणाम अनुसार प्रभु साहले हालसम्म ६२५३ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार माछा चुनाव चिन्ह पाएका जयसवालले ३७४९ मत प्राप्त गरी दोस्रो र माओवादीका उम्मेदवार धिरज भन्ने रवीन्द्र पटेलले १७५९ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको हुन् ।
गठबन्धनको मूल्य मान्यता विपरित स्थानीय नेताहरुले साहलाई नसघाएपनि उनी एक्लै सबै माथि भारी परेको मतपरिणामले देखाएको छ । अर्को तिर नेकपा एमाले उम्मेदवार जिताउ अभियानले पम्पलेट वितरण गरेर जयसवाललाई प्रतिनिधि सभा र प्रदेशमा पुजा चौधरीलाई सघाउने भनेर प्रचार गरेपनि विकासको पर्यायवाची बनेका साहको विपक्षमा कुनै फ्याक्टर काम नलागेको एक मात्र प्रभु साहको विकास फ्याक्टरले सबैलाई मात दिएको मतदाताहरुको रुझानबाट बुझिएको छ ।

सत्तारुद्ध वाम लोकतान्त्रिक गठबन्धनको विरुद्ध अपवित्र गठजोड गरेका प्रमाण र नेकपा एमालेले समर्थन गरेका व्यक्तिलाई नेपाली काँग्रेस र एसका उम्मेदवारले समर्थन गरेको ज्वलन्त उदाहरणलाई तपाईहरु के भन्नु हुन्छ । यति सम्मको विष वमन गरेर पनि वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सघाएको छु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै