zoom fat larry's band free download zoom exchange app download join zoom meeting with id & passwords list zoom guitar lab 3.0 download zoom chat download windows

रौतहटको चारै क्षेत्रमा अग्रता कायमै

   ६ मंसिर २०७९, मंगलवार १३:५७  

रौतहट, ६ मंसिर । रौतहटमा रहेको प्रतिनिधि सभाको चार वटा क्षेत्र मध्ये दुईमा सत्तारुद्ध गठबन्धन र दुई क्षेत्रमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ ।
रौतहट निर्वाचन क्षेत्र नम्वर १ बाट नेकपा एसका उम्मेदवार माधवकुमार नेपाल, क्षेत्र नम्वर २ मा स्वतन्त्र किरण साह, क्षेत्र नम्वर ३ मा स्वतन्त्र प्रभु साह र क्षेत्र नम्वर ४ मा नेपाली काँग्रेसका उम्मेदवार देवप्रसाद तिमलसिनाले सुरु देखि नै अग्रता कायमै राखेको हो ।
क्षेत्र नम्वर १ मा नेपालको पक्षमा ८२१५ अजय गुप्ताको पक्षमा ७५३१, क्षेत्र नम्वर २ मा किरण साहलाई ४८०१ डा. फिरदोस आलमलाई ३७३०, क्षेत्र नम्वर ३ मा प्रभु साहको पक्षमा ६२५३ ओमप्रकाश जयसवाललाई ३७५१ तथा क्षेत्र नम्वर ४ मा देवप्रसाद तिमलसिनालाई ६८९८ र उद्धव रेग्मीलाई ६११८ मत प्राप्त भएको निर्वाचन श्रोतबाट बुझिएको छ ।
जे भएपनि रौतहटको प्रतिनिधि सभामा सत्तारुद्ध गठबन्धन नै हावी रहेको मतपरिणामले देखाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै