इमरान खान विरुद्ध फौजदारी अभियोगमा कारवाही सुरु
तराई टप
७ मंसिर २०७९, बुधबार १२:२०
इशलामावाद । पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खानले विदेशबाट प्राप्त भएको उपहारलाई लुकाएर देश संग गद्दारी गरेको आरोपमा उनी विरुद्ध फौजदारी अभियोगमा कारवाही सुरु गरिएको छ ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री खानविरुद्ध तोशाखाना उपहार मुद्दामा मंगलबार देखि आपराधिक प्रक्रिया सुरु गरिएको हो । खान माथि विदेशबाट पाएको उपहारहरु “जानीजानी” लुकाएको आरोप लगाइएका छन् ।
“उनले राखेका तोशाखाना उपहारहरूसँग सम्बन्धित आफ्नो सम्पत्तिहरू, विशेष गरी सन् २०१८ र २०१९ मा प्राप्त गर्न सफल भएका उपहारहरु लुकाइएको अभियोग लागेको छ ” ।
तोशाखाना पाकिस्तानी सरकारी विभाग हो जसले विदेशी सरकारहरूद्वारा सांसद र वरिष्ठ अधिकारीहरूलाई दिइएका उपहारहरू भण्डारण गरिने गर्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै