गौर भिषण आगलागि, तिनजना बालबालिकाको मृत्यु, तिन घाइते

391 Shares

रौतहट, ८ मंसिर । रौतहट सदरमुकाम गौर नगरपालिकाको माइस्थान चोक स्थित एक कपडा डसना पसलमा बुधवार राति भिषण आगलागी हुँदा तीनजना बालबालिकाको जलेर मृत्यु भएको छ भने लाखौंको सम्पत्ती जलेर खरानी भएका छन् ।
गौर नगरपालिका वडा नम्वर १ माइस्थान चोकमा रहेका इस्लाम कपडा—डसना पसलमा गए राति ११.३० बजेको समयमा अचानक भिषण आगलागीमा परेर तिन जना बालबालिकाहरुको दुखद निधन भएका हुन् ।
घरमा सुतिरहेका इस्लाम मियाको ९ बर्षिया छोरी रुकसाना खातुन, ५ बर्षिया सबिना खातुन र ७ बर्षिय छोरा इमरान मन्सुरीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आगोको भयाभय अवस्थाको कारण बालबालिकाहरुलाई बचाउन सकिएन ।
उनीहरु संग घरमा सुतिरहेका इस्लामका २६ बर्षिय भतिजो महम्मद इसराइल मन्सुरी, ८ बर्षिय महम्मद इमरान र २४ बर्षिया नसिमा खातुन भाग्ने क्रममा आगोमा पोलेर र लडेर गम्भीर घाइते भएको प्रहरी प्रवक्ता एवं डिएसपी सुनिल मल्लले बताए । घाइतेहरुको प्रादेशिक अस्पताल गौरमा उपचार भईरहेको जानकारी दिए ।
आगलागि कसरी भएको हो यथार्थ कुरा नखुलेको बताउदै उनले पसलमा राखिएका कपास, कपडामा आगो सल्किदा भयाभय रुप लिए र पसलको छेउमै रहेको जाकिर मोटरसाइकल ग्यारेजमा आगोले ठूलो क्षति पुर्याए । बाइक ग्यारेजमा पाकिंग तथा बनाउन राखिएका १५ भन्दा बढि बाइकहरु, ग्यालनमा राखिएको पेट्रोलले आगो झनै प्रचण्ड रुप लिएको देखिपछि स्थानीयहरुले तत्कालै प्रहरीलाई खवर गरेका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दाहरु र गौर नगरपालिका र बाराको सिमौंनगढ नगरपालिको बारुण यन्त्रको मद्दतबाट करिव ३ घण्टामा आगोलाई नियन्त्रणमा लिन सफल भएपनि मानविय तथा भौतिक क्षतिलाई रोक्न नसकिएको डिएसपी मल्लले बताए । प्रारम्भीक जानकारी अनुसार ४० लाख भन्दा बढिको सम्पत्ती जलेर नष्ट भएपनि सोको यथार्थ जानकारी आउन बाँकी नै रहेको तथा आगलागी कसरी भयो भनेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
मृतक बालबालिकाको शव प्रादेशिक अस्पतालमा राखिएको र घाईते मध्ये २ जनालाई थप उपचारको लागि विरगञ्ज तर्फ पठाइएको डिएसपी मल्लले बताए ।
आगलागी भईरहेको खवर सुन्ना साथ गौर नगरपालिकाको मेयर शम्भु साह तत्कालै घटनास्थलमा पुगेर मानविय सहायता गर्दै घाइतेहरुको उपचारमा कुमी आउन नदिन औषधी देखि लिएर हरेक प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार