हेमलाल साहको १३ अध्यक्षतामा १३ सदस्यीय नगर स्तरिय सोनार समिति गठन

   २९ चैत्र २०७७, आईतवार १५:०६  

तराई टप संवाददाता
रौतहट, २९ चैत । नेपाल सोनार समाज सेवा समितीको कटहरिया नगरको दोश्रो नगर स्तरिय अधिवेशन सम्पन्न भएको छ ।
नेपाल सोनार समाज सेवा जिल्ला कार्य समितीको आयोजनामा कटहरिया वडा नम्बर ५ स्थित श्री प्राबिको प्राङ्गणमा कटहरिया नगर भित्र रहेका सोनारहरुलाई एक जुट बनाउने उद्देश्यबाट अधिवेश सम्पन्न भएको बताइएको हो ।
नगर अधिवेशनबाट हेमलाल साहको अध्यक्षतामा १३ सदस्यीय कटहरिया नगर समिति गठन गरेका छन् । गठित नगर समितिको उपाध्यक्षमा अजय साह र राधेश्याम साह, कोषाध्यक्ष राम बरण साह, सचिव गुडु साह, सहसचिवमा रामबालक साह, सदस्यहरुमा बिन्दा साह, रामबालक साह, श्याम सुन्दर साह, बिरेन्द्र साह, राजेश साह, महिला सदस्यमा उर्मिला देवी साह, लालबत्ती देवी साहलाई चयन गरिएको जयकिशोर साहले जानकारी दिए ।
प्रदेश २ का अध्यक्ष रामजी साह सोनार अथितीहरुमा बिभिन्न संघ सस्थामा आवध सोनार जातीका अगुवा कार्यकर्ताहरुको बिषेश उपस्थिती रहेको थिए कार्यक्रममा बोल्दै बिशिष्ट अथिती रामजी साहले सोनार जातीहरुको उत्थानको लागि सबैले एक हुनुपर्ने धारणा राखेका थिए । कुनै पनि संगठन बनाउनका वा चलाउनको लागि एकता र संगठनको आवश्यकता रहेको भन्दै संगठित हुन सबैलाई अनुरोध गरे । जबसम्म सोनारहरु संगठित हुदैन तबसम्म राज्यको सबै निकायबाट अधिकार पाउदैन त्यसका कारण सबैजना एक जुट भई आफनो अधिकारको लागि संर्घष गर्नु पर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै