download meeting zoom zoom rooms download windows zoom cloud meeting app for windows 10 download zoom for windows 10 64 bit desktop zoom downlosad

इतिहास रच्दै देवप्रसाद तिमलसिना प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित

   ८ मंसिर २०७९, बिहीबार १८:१९  

रौतहट, ८ मंसिर । रौतहट निर्वाचन क्षेत्र नम्वर ४ मा इतिहास रच्दै वामलोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार देवप्रसाद तिमलसिना लगातार दोश्रो पटक प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट बामगठबन्धनका साझा उम्मेदवार बनेका तिमलसिना आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई ७ हजार ५ सय ५५ मतको फराकिलो अन्तरबाट पराजित गर्दै दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
सुरु देखीनै अग्रता लिएका तिमलसिनाले ३४ हजार १ सय ५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले र जसपाका साझा उम्मेदवार उद्धव रेग्मीले २६ हजार ६ सय ५० मत मात्रै ल्याउन सके । दोस्रो कार्यकालका लागि निर्वाचित भएका देव प्रसाद तिमल्सिनाले रौतहट ४ मा नयाँ इतिहास पनि रचेका छन् । यस क्षेत्रमा २०४८ सालपछि दोहोरिएर निर्वाचित हुने उनि पहिलो सांसद बनेका छन् ।
क्षेत्र न ४ मा २०४८ मा एमालेबाट डा. बंशिधर मिश्र, २०५१ नेपाली काँग्रेसबाट उद्धव ढकाल, २०५६ मा एमाले बाट माधवकुमार नेपाल, २०५६ सालको उपनिर्वाचनमा कांग्रेसका प्रकाश कोइराला निर्वाचित भएका थिए । यस्तै २०६४ को चुनाबमा माओबादीका देवेन्द्र पटेल, २०७० मा एमालेका रामकुमार भट्टराईले जितेका थिए ।
तिमल्सिना यसअघि २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाटै निर्वाचित भएका थिए । त्यसबेला उनले नेकपा एमालेका वंशिधर मिश्रालाई ५ हजार २ सय २२ मतको अन्तरले पराजित गरेका थिए । मिश्राले २३ हजार ६ मत ल्याउँदा तिमल्सिना २८ हजार २ सय २८ मत ल्याएर निर्वाचित भएका थिए ।
दोस्रोपटक जितेका उनले सम्पूर्ण मतदातालाई धन्यवाद दिदै भने ‘यो जित गठबन्धनको जित नभई, सारा विकाशप्रेमी जनताको जित हो, यस क्षेत्रको समृद्धि, विकास र सुशासनका लागि एक सच्च सिपाही झै सधै खटिरहने प्रतिबद्धता जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै