बेइजिङ (रायटर) । टेस्लाले चीनमा ठूलो संख्यामा अयात गरेको कारहरु फिर्ता मगाएको छ ।
टेस्ला इंकले सफ्टवेयर र सिट बेल्टमा देखिएका समस्याहरूको कारण २०१३ को शुरुवाती देखि उत्पादन गरिएको ८० हजार भन्दा बढी चीनमा निर्मित र आयातित कारहरू फिर्ता गर्न लागेको हो ।
चिनियाँ बजार नियामकले शुक्रबार एक विज्ञप्ति मार्फत उक्त कुरा सार्वजनिक गर्दै ठूलो परिमाणमा कारहरु फिर्ता लगिदा चीनलाई आर्थिक क्षति बेहोर्नु परेको बताइएको छ ।
अमेरिकामा आधारित विद्युतीय कार निर्माता कम्पनीले सेप्टेम्बर २५, २०१३ र नोभेम्बर २१, २०२० का बीच चीनमा आयात गरिएका ६७,६९८ मोडल एस र मोडेल एक्स कारहरूमा ब्याट्री व्यवस्थापन प्रणालीलाई असर गर्ने सफ्टवेयर समस्याहरूको कारण फिर्ता गरेको छ ।
टेस्लाले फिर्ता बोलाइएका गाडीहरूको सफ्टवेयर अपग्रेड गर्ने बताएको छ । टेस्लाले जनवरी र नोभेम्बर २०१९ का बीच निर्मित २,७३६ आयातित मोडेल ३ कार र अक्टोबर १४, २०१९ र सेप्टेम्बर २६, २०२२ बीच उत्पादन गरिएका उही मोडेलका १०,१२७ चीनमा निर्मित कारहरू पनि फिर्ता लियो । यो सम्भावित रूपमा त्रुटिपूर्ण सिट बेल्ट स्थापनाको कारण थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन