चरम सत्ता उन्मादको गर्मीको कारण ओलीको वुद्धि विग्रिएको ः नेता नेपालको आरोप

856 Shares

तराई टप संवाददाता
चन्द्रपुर (रौतहट), २९ चैत । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको चरम उन्मादमा लागेर राम्रो नराम्रो छुट्याउन नसक्ने अवस्थाम पुगेर उनको वुद्धि विग्रिदा मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाउनु भएको छ ।
नेकपा एमाले रौतहटको जिल्ला स्तरिय कार्यकर्ता भेलालाई आईतवार चन्द्रपुरमा सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री ओली बसेको कुर्सीमा धेरै गर्मी भएर सत्ताको उन्मादमा सत्य असत्यको पहिचान गुमाइसकेको र उनको कुतर्कको कारण मुलुकमा दुर्गती बढेको उनले बताए ।
अहंकारी प्रधानमन्त्री ओली अहंकारी एवं सत्ताको चरम गर्मीको कारण वुद्धि विग्रीएको गम्भीर आरोप लगाउदै आफू पदको लागि नभई पार्टी र मुलुकलाई बचाउने अभियानमा जनताको विचमा आएको स्पष्ट पारे । ओली संग आफ्नो कुनै रिसिइवी नरहेको भन्दै उनको सिद्धान्त, सत्य न्यायको लागि पार्टीलाई बचाउने अभियान मात्रै भएको धारणा राखे ।
पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले दिएको म्याण्डेडलाई कायम राख्न र ओलीबादको कारण एमालेलाई जोगाउन राष्ट्रिय अभियानमा आफू निस्किएको जिकिर गर्दै मदन भण्डारी पछि पार्टीलाई जिवन्त राख्दै यहाँ सम्म पुर्याउन दिएको योग्यदानलाई नेता तथा कार्यकर्ताहरु पार्टी हितमा लाग्न आहवान गरे ।


प्रदेश नम्वर २ का अध्यक्ष तथा पार्टीका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीलाई अगुवा बनाएका थियौं तर उनले पार्टीको हित विपरित कार्य गरिरहदा सोको विरोध जनाउदा कार्यकर्ता एवं नेताहरुलाई धम्काउने, विभिन्न डर धाक देखाउने जस्ता प्रवृति यतिखेर हावी हुँदै गएकोमा उनले तिव्र रुपमा उक्त कदमको आलोचना गरे । ओलीवादीबाट पार्टीलाई बचाउन आफूहरु देशभरी नै अभियान संचालन गरेर संगठनलाई बलियो बनाउनेक कार्यमा लागेको बताए ।
उक्त कार्यक्रममा साँसद सरला यादव, कल्याणी खड्का, रामकुमार भटराई, कमल यादव, नागेन्द्र चौधरी, युवा नेता शम्भु साह सहितका नेता तथा उल्लेख्य संख्यामा एमाले कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार