अस्ट्रेलियन संसदले भारतसँगको स्वतन्त्र व्यापार सम्झौतालाई अनुमोदन गरे

   ९ मंसिर २०७९, शुक्रबार १७:४६  

सिडनी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अष्ट्रेलियाको संसदले भारतसँगको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) लाई अनुमोदन गरेको घोषणा गरेका छन् ।
अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले मार्च २०२३ मा भारतको भ्रमण गर्ने बताएको केही दिनपछि यो घोषणा आएको हो ।
वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले यसअघि एफटीएले आगामी पाँच वर्षमा द्विपक्षीय व्यापार २७.५ अर्ब डलरबाट ४५–५० अर्ब डलरमा पु¥याउने बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै