how do i download a zoom recording from the cloud download zoom hp zoom font free download zoom conference download free change desktop icon size windows 10 zoom cloud meeting app download microsoft

एसपी खड्काको कमाण्ड कमजोर रहेको ठहर गर्दै कारवाही गर्न तथा अन्यको हकमा कानुन बमोजिम कारवाही गर्न छानविन समितिको रिपोर्ट

   ७ आश्विन २०७७, बुधबार १२:०५  

प्रभातकुमार झा
रौतहट, ७ असोज । प्रहरी हिरासतमा चरम यातना दिदा रौतहटको गरुडा नपा जगडियाका १९ बर्षिय दलित युवक विजय राम हत्यकाण्डमा मुछिएका प्रहरी उपरिक्षक सहित ६ जना प्रहरीलाई कारवाही गर्न छानविन समितिले रिपोर्ट बुझाएको छ ।
साउन ३१ गते राति गरुडा नगरपालिका ८ जिगडियाका २० बर्षिय निरञ्जन रामको घाँटी रेटेर हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले मुख्य दोषी शेख आजाद संगै २० बर्षिय अजय कुमार रंजन, १९ बर्षिय विवेक राय यादव, १९ बर्षिय अर्जुन राम, २० बर्षिय सिकिन्द्र पासवान, १९ बर्षिय विजय राम सहित सात जनालाई साउन ३२ गते नियन्त्रणमा लिएका थिए ।
सर्च फलफुल नर्सरीमा एक महिला संग अनैतिक सम्बन्ध रहेका निरञ्जनलाई सधैको लागि हटाउन शेख अजादलाई मार्न अभिभारा दिएर हत्या गराइयो तर नर्सरीको आर्थिक प्रलोभनमा परेर प्रहरीले निर्दोष व्यक्तिहरुलाई समातेर हिरासतमा अनुसन्धानको नाममा वर्वरतपुर्वक यातना दिदा भदौ १० गते राति नेशनल मेडिकल कलेज विरगंजमा विजय रामको मृत्यु भयो भने अर्को सिकिन्द्र पासवानको मानसिक सन्तुलन खराब भएको आरोप दलित नेताहरुले बारम्बार लगाएर गरुडामा जिल्लाभरी नै आन्दोलनलाई तिव्र बनाएपछि गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा भदौं १३ गते तिन सदस्यी छानविन समिति गठन गरेर १५ दिन भित्र प्रतिवेदन बुझाउन समय दिएको थियो ।
उपसचिव डोलेन्द्र निरौलाको नेतृत्वमा गठित तिन सदस्यीय छानविन समितिले १५ दिन भित्र गरुडा प्रहरी, एसपी रबीराज खड्का, डिएसपी ज्ञानकुमार महतो, इन्सपेक्टर नविनकुमार सिंह, प्रहरी नायव निरीक्षक विरेन्द्र यादव, प्रहरी हवलदारद्धय हिरोज मिया धुनिया र मुन्नु सिंह संग सोधपुछ, घटनास्थल, सम्भावित सबै हरेक एंगलबाट छानविन गरेर असोज १ गते गृह मन्त्रालयमा बुझाएको रिपोर्टमा एसपी देखि हवलदार सम्म दोषि देखिएको कुरा श्रोतले बताएका छन् ।
एसपी खड्काको कमाण्ड कमजोर भएको हुँदा कारवाही गर्ने, डिएसपी महतोको हकमा आफनो हिरासतमा भएको घटना थाहा नभएको हुँनाले पुन ः छानविन हुनुपर्ने तथा अन्यको निलम्बीतहरुको हकमा कानुन बमोजिम कारवाही हुनुपर्ने सिफासिर गरिएको श्रोतले बतायो ।
हिरासतमा प्रहरीको चरम यातना दिएर विजयलाई मारेको अभियोगमा इन्सेक्टर नविनकुमार सिंह, प्रहरी हवलदारद्धय हिरोज मिया धुनिया र मुन्नु सिंहलाई ६ महिनाको लागि निलम्बन गरेर कारवाही प्रक्रिया सुरु गरेपनि दलित अगुवाहरु यातना दिन आदेश दिएका एसपी खड्का, इप्रका गरुडाका इन्चार्ज डिएसपी महतो र त्यही कार्यरत सई विरेन्द्र यादवलाई कारवारीको माग गर्दै निरन्तर रुपमा सडक तताउदै आएको र एसपी सहित ६ जना प्रहरी विरुद्ध चरम यातना, ज्यान सम्बन्धी कसुरमा मृतक विजयको वुवा पनिलाल रामले जिल्ला सरकारी वकिलको कार्यालयमा भदौं २४ गते किटानी जाहेरी दर्ता गराएको तथा जिल्ला सरकारी वकिलको कार्यालयबाट आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउन जिल्ला प्रहरी कार्यालय गौरलाई पठाउदा भदौ २५ गते मुद्दा दर्ता गरेर अनुसन्धान कार्य भईरहेको सो कार्यालयबाट बुझिएको छ ।
यसैविच जिल्ला प्रहरी कार्यालय रौतहटले बुधवार एक विज्ञप्ती जारी गरेर निरञ्जन राम हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सिकिन्द्र पासवानलाई जिल्ला अदालत गौरमा भदौ ३० गते पेश गर्दा मानसिक अवस्था ठिन नहुँदा वयान गर्न नसक्दा निजको पारिवारीक सदस्यको रोहवरमा मानसिक चिकित्सक संग उपचार गराउन आदेश भएपछि प्रादेशिक अस्पतालमा उपचार पश्चात थप उपचारको लागि पाटन अस्पताल तर्फ लैजानुपर्ने आवश्यक भएको देखिदा असोज २ गते सिकिन्द्रको परिवारलाई उपचारको क्रममा हिड्न अनुरोध गर्दा इन्कार गरेको तथा समाजिक संजालमा नानाथरीका कुरा आइरहदा उक्त कुराको पछि नलाग्न जिल्ला प्रहरी कार्यालय रौतहटले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको विज्ञप्ती प्रति प्रतिक्रिया दिदै दलित नेता धर्मेन्द्र पासवानले हिरासतमा प्रहरीको यातना खप्न नसकेर विजयको ज्यान गयो र सिकिन्द्रको मानसिक सन्तुलन खराब भएको हो । प्रहरीले समात्नु अघि राम्रो रहेका युवकलाई चरम यातनाको कारण मानसिक सन्तुलन विग्रेको हो, प्रहरी हिरासतमा छोरा संग भेट्न जाँदा भेटघाँट गर्न समेत नदिएका यस्ता क्रृर व्यवहारको निन्दा गर्दै दोषि प्रहरीहरुलाई कारवाही नगरिए चाँडै सडक संघर्ष सुरु गर्ने समेत चेतावनी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै