प्रतिनिधि र प्रदेश सभामा निर्वाचित सम्पूर्ण माननिय सदस्यलाई बधाई तथा शुभकामना

   ९ मंसिर २०७९, शुक्रबार २०:०९  

रौतहट, ९ मंसिर । मंसिर ४ गते भएको निर्वाचनको मतपरिणाम गणना गर्दा रौतहटबाट प्रतिनिधि सभामा जानेमा स्वतन्त्रको बोलबाला बढि देखियो ।
रौतहटमा चार वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभाको निर्वाचन क्षेत्र निर्धारण गरिएकोमा प्रतिनिधि सभाको दुई क्षेत्रबाट स्वतन्त्र उम्मेदवारको विजयी भएको र १ मा नेकपा एस, १ मा नेपाली काँग्रेसले जित निकालेका हुन् ।
१ नम्वर क्षेत्रबाट नेकपा एसका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र क्षेत्र नम्वर ४ बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा नेपाली काँग्रेसका उम्मेदवार देवप्रसाद तिमसिनाले जित निकाले । क्षेत्र नम्वर २ बाट पहिलो पटक किरण साह प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुन सफल भए । साह स्वतन्त्रबाट उम्मेदवारी दिए, उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका डा फिरदोस आलम विच भएका थिए । उक्त प्रतिष्पर्धामा साहले बाजी मार्दै पहिलो पटक प्रतिनिधि सभामा पुग्न सफलता प्राप्त गरेको बताइएको छ ।
नेपाली काँग्रेसले आफताव आलम टिकटको लागि सिफारिस गर्दा देश भरीबाट आलोचनाको झरी लागेपछि उनका छोरा फिरदोसलाई टिकट दिएको थियो तर सीट जोगाउन सकिएन ।
यस्तै एमालेको टिकटलाई होल्ड गरी स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह चौथो पटक निर्वाचत भएका छन् । साह २०६४ र २०७० को संविधान सभाको निर्वाचन तथा दुई पटक प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएपछि उनी लगातार चौथो पटक जित निकाल्न सफल भएका युवा नेताको रुपमा स्थापित भए ।


विकासको पर्यायवाची शब्दले रौतहट सहितका क्षेत्रमा परिचित रहेका साहलाई हराउन सम्पूर्ण शक्तिहरु लागिपरेपनि जनताको शक्तिले उनलाई जिताउदै प्रतिनिधि सभाको योग्य सदस्य बनाएको स्थानीय संजय मिश्रले बताए ।
यसैगरी प्रदेश सभाको ८ सिटमा ३ नेपाली काँग्रेस, १ नेकपा एमाले, १ नेकपा माओवादी, १ नेकपा एस, १ जसपा र १ स्वतन्त्र उम्मेदवार विजयी भएको छ । निर्वाचन क्षेत्र नम्वर १ को दुवै सिटमा क्रमश नेपाली काँग्रेसका नागेन्द्र साह, काँग्रेसका मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव क्षेत्र नम्वर ३ क बाट नेकाको जिल्ला सभापति सुनिल यादव विजयी भएको छ भने, नेकपा एमालेका जैद राजा, एसका कनिष्ट पटेल, माओवादीका युवराज भटराई (समिर), जसपाका शेख अबुल कलाम आजाद, स्वतन्त्र केशव चौधरी विजयी भएका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित हुनु भएका सम्पूर्ण माननिय सदस्यहरुलाई बधाईको साथै जनमुखी काम गर्नका निमित्त सफल कार्यकालको लागि तराई टप नेपाली अनलाईन मिडियाले हार्दिक मंगलमय शुभकामना दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै