चीनमा सरकार विरुद्ध जनआन्दोलनको स्थिति, “लागे स्टेप डाउन सी जिनपिङ” को नारा

249 Shares

साङ्घाइ, (एपी) । चिनियाँ सरकारले कोभिड विरुद्ध ल्याएको क्रुर नीतिको विरुद्ध चीनमा बसोबास गर्ने चिनियाँ नागरिकहरु जनआन्दोलनको अवस्था सृजना गर्दै लगाउन थाले “ स्टेप डाउन सी जिनपिङ” को नारा ।
कोभिड १९ को महामारी फैलिन नदिन मानिसहरुलाई घरमै बस्न बाध्य बनाएको अवस्थामा एउटा अग्लो भवनमा आगलागि हुँदा कम्तीमा १० जना चिनियाँ नागरिक मारिएको विरोधमा जनताहरु चिनियाँ सरकार विरुद्ध चर्को नाराबाजी गर्दै जनआन्दोलनको विगुल फुक्न थालेका छन् ।
आगलागीमा १० जना भन्दा बढिको मृत्यु भएपछि चीनमा कोभिड नियन्त्रणको विरोधमा मानिसहरूले “डाउन विथ सी, सी जिनपिङ ! स्टेप डाउन, कम्युनिष्ट पाटी” जस्ता नाराहरु लगाएर चीनको विभिन्न क्षेत्रमा सरकार विरोधी प्रदर्शन भइरहेका हुन् ।
साङ्घाई लगायत चीनभरी नै विरोध प्रदर्शनहरू भइरहेका छन् जहाँ मानिसहरूले “स्टेप डाउन, सी जिनपिङ ! स्टेप डाउन, कम्युनिष्ट पार्टी !” देशको कडा शून्य–कोभिड नीति विरुद्धको प्रतिकारमा अभूतपूर्व प्रदर्शन गरिएका छन ।
उरुम्चीको एउटा अपार्टमेन्ट ब्लकमा भएको आगलागीमा १० जना भन्दा बढिको ज्यान गएपछि यस्तो विरोध प्रदर्शन गरएको छ । धेरैले आवासीय भवनको तालाबन्दीलाई आगलागी भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार