चिनिया खोप प्रभावकारी नभएको रहस्य बाहिरियो

   ३० चैत्र २०७७, सोमबार १७:०५  

रौतहट, ३० चैत । उत्तरी छिमेकी मुलुक चिनमा बनेको कोरोना भाइरस विरुद्धको खोप प्रभावकारी नभएको रहस्य बाहिरिएको छ ।
चिनकै स्वास्थ्य अधिकारीले कोरोना विरुद्धको खोपको प्रभावकारिता माथि प्रश्न चिन्ह खडा गरेको हो । चाइना सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक गाओ फुलेले छेन्दुमा आयोजित एक कार्यक्रममा खोप प्रभावकारिता कम भएको बताए । साथै अन्य खोप सँग मिलाएर प्रभावकारिता बढाउने योजना रहेको जानकारी दिए ।
चिनले हाल सम्म विश्वमा लाखौ डोज खोप निर्यात गरिसकेको छ । नेपालमा पनि ८ लाख भन्दा बढी डोज आइसकेको छ । ‘प्रतिरक्षा प्रणाली बलियो पार्ने प्रक्रियामा हामीले फरक प्रविधिबाट बनेका फरक खोप पनि प्रयोग गर्ने कि भन्ने बारे अहिले औपचारिक रूपमा विचार गर्दैछौं,’ निर्देशक फुलेले भने ।
ब्राजिलमा गरिएको एक अनुसन्धानमा चिनियाँ कम्पनी सिनोभ्याकले तयार पारेको कोरोना खोपको प्रभावकारिता ५०.४ प्रतिशतमात्रै देखिएको छ । यता, बायोटेकले बनाएको फाइजर खोपको प्रभावकारिता भने ७९ प्रतिशत देखिएको थियो । चिनमा चार वटा कम्पनीहरूले कोरोना भाइरस विरूद्धका खोप बनाएका छन् । उत्पादित खोप अहिलेसम्म १६ करोड भन्दा बढी चिनियाँहरूले लगाइसकेका छन् । एजेन्सी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै