आज मधेश प्रदेशमा सार्वजनिक विदा

203 Shares

रौतहट, १२ मंसिर । सीताराम विवाहपञ्चमीको अवसरमा आज मधेश प्रदेशमा सार्वजनिक विदा दिएको छ । अगहन शुल्क पञ्चमी तिथिका दिन अयोध्याका राजा दशरथको जेठा छोरा राम र मिथिलाको राजा जनकको छोरी सीता संग त्रेता युगमा विवाह भएको दिनलाई विवाहपञ्चमीको दिनको रुपमा नेपाल र भारतका हिन्दु धर्म मान्नेहरुले मनाउने गरेको हो ।
भगवान विष्णुको अवतारको रुपमा भगवान रामको जन्म भएको थियो भन्न लक्ष्मि माताले सीताको रुपमा जन्म लिएर यो पृथ्वीमा पाइला टेकेकी थिइन भने धार्मिक पौरानिक ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले हिजो एक शुभकामना संदेश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा रहेको जानकारी गराए । साताव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्वस अन्तर्गत हिजो (आईतबार) मटकोर पुजा गरियो (सोमबार विवाहपञ्चमी र भोली (मंगलबार) अन्तिम दिन रहेको छ । विवाहपञ्चमीको मेला हेर्न अहिले जनकपुरको जानकी मन्दीरमा भक्तजनहरुको घुइचो लागेको छ । प्रत्येक बर्ष राजा रामचन्द्रको नगरी अयोध्याबाट जन्ति आउने गरेका छन् । यो नेपाल भारत विच त्रेता युगमा कायम भएको वैवाहिक सम्बन्धको रुपमा पनि लिने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार