नरेन्द्र मोदी स्टेडियमको नाम ग्रिनिज बुक अफ रेकर्डमा दर्ता

315 Shares

अहमदाबाद । गुजराजको अहमदाबाद स्थित रहेका नरेन्द्र मोदी स्टेडियमको नाम ग्रिनिज बुक आफ रेकर्डमा दर्ता भएको छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टी–२० क्रिकेटमा सबैभन्दा बढि दर्शक बसेकोमा उक्त स्टेडियमको नाम गिनिज बुक अफ रेकर्डमा दर्ता भएको हो । बीसीसीआईका अनुसार २९ मे २०२२ मा आईपीएलको फाइनल खेल स्टेडियममा १,०१,५६६ जनाले हेरेका थिए।
यो कुनै पनि टी–२० खेलमा उपस्थित दर्शकहरूको सबैभन्दा ठूलो संख्या हो।
एक ट्वीटमा बीसीसीआईले भनेको छ, ‘भारतले गिनिज वर्ल्ड रेकर्ड बनायो, यो सबैका लागि गर्वको क्षण हो।’ बीसीसीआईका महासचिव जय शाहले पनि ट्वीट गर्दै यसबारे जानकारी दिएका छन् । गुजरात क्रिकेट संघको मोटेरा स्टेडियमलाई फेब्रुअरी २०२१ मा पुनस् निर्माण गरी पुनः खोलिएको थियो।
अब यो स्टेडियमको नाम नरेन्द्र मोदी स्टेडियम रहेको छ । १५ औं आईपीएलको फाइनल खेल यही रंगशालामा खेलिएको थियो ।बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार