जसपामा विवाद रहेको कारण चुनावी सरकार बनाउन ओली संग मिलेर अघि बढ्न सकिने काँग्रेस सभापति देउवाको ग्रिन सिगनल

   ३० चैत्र २०७७, सोमबार १७:२३  

तराई टप संवाददाता
काठमाडौं, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताको टिकाउन निर्णायक मानिएका जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र बाबुराम भटराईले अर्कै गठबन्धन बनाइरहदा प्रधानमन्त्री ओलीलाई काँग्रेस सभापतिले ग्रिन सिगनल दिएको छ ।
सत्ता टिकाउन निणायक मानिएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको टिम प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग नजिक छ भने उपेन्द्र यादव र बाबुराम भट्टराईहरु माओवादी अध्यक्ष प्रचण्डसँग निकट हो ।
जसपा अध्यक्ष ठाकुरले प्रधानमन्त्रीसँग नजिक भएर मधेसका मुद्दा सम्बोधनका लागि वातावरण बनाइरहेका बेला उपेन्द्र र बाबुराम माओवादी र कांग्रेस सँग गठबन्धन गर्न हतारिएका छन् । उनीहरु महन्थलाई ओलीसँग नजिक हुन नदिने र मधेसका मुद्दा पनि नयाँ गठबन्धन बनाएर सम्बोधनको प्रयत्न गर्ने भनेर माहोल विगार्नमा व्यस्त छन् । यस्तोमा प्रधानमन्त्री ओलीले प्लान बी बनाएको रहस्य खुलेको छ । जसलाई कांग्रेस सभापति शेरबहादुर देउवा समेतले ग्रिन सिग्नल दिएको बुझिन आएको छ ।
प्रधानमन्त्री निकट एमाले नेता महेश बस्नेतले एमाले र कांग्रेस मिलेर चुनावी सरकार बन्न सक्ने खुलासा गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) भित्र सरकारका विषयमा विवाद भएकाले कांग्रेस सँग मिलेर चुनावी सरकार बनाउन सकिने उनको भनाइ छ ।
एक संचारकर्मी संग कुराकानीमा बस्नेतले जसपाका माग पूरा गर्न सरकार तयार रहेको बताए । उनले जसपाका नेता उपेन्द्र यादव र बाबुराम भट्टराईले ओली सरकारमा जान रुचि नदेखाएको बताए । उपेन्द्र सँग जसपामा ५–७ जनाभन्दा धेरै सांसद नरहेको एमालेका नेता बस्नेतले स्पष्ट पारे । यादवसँग केन्द्रीय सदस्यहरू पनि निकै कम रहेको उनले दाबी गरे ।
जसपा सरकारमा सहभागी भएन भने कांग्रेस सँग मिलेर चुनावी सरकार बनाउन सकिने सम्भावना निकै रहेको बस्नेतले बताए । कांग्रेस सभापति देउवाले पनि चुनाव चाहेकाले बरु कांग्रेसकै नेतृत्वमा चुनावी सरकार बनाएर अगाडि बढ्ने सम्भावना बढेर गएको उनले बताए । नेताहरुका अनुसार परिस्थिति त्यस्तो बने सघाउने सिग्नल देउवाबाट आएको बझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै