साँघाई । कोभिड १९ को कारण चिनियाँ सरकारले लकडाउनको कारण घरमै थुनिएका १० जना नागरिकको अनाहकमा ज्यान गएपछि अहिले चीन भरी आन्दोलन तिव्र रुप लिदै गएका छन् ।
चीनको कडा कोभिड–१९ नियन्त्रणका उपायहरूको बिरूद्ध प्रदर्शनमा ओर्लिएका चिनियाँ नागरिकहरु मथि आइतबार राति साँघाईमा सयौं प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
चिनियाँ सरकार विरुद्ध गरिएका आन्दोलनका विरोधहरु विस्तारै विस्तारै चीनको अन्य शहरहरूमा फैलिदै गएपछि चिनको नागरिकहरु सरकार विरोधी आन्दोलनलाई तिव्र बनाउदै जाँदा चिनियाँ प्रहरीको दमन कार्य सुरु गरिएको जनाएको छ ।
एक अग्लो अपार्टमेन्ट आगो लागेर नागरिकहरु मरेपछि आन्दोलन सुरु भयो, जुन धेरैले विश्वास गर्छन् कि देशको सुदूर पश्चिममा, कोभिड–१९ का प्रतिबन्धहरूको कारण बढेको छ ।
आन्दोलनकारीहरुले चिनियाँ राष्ट्रपति सि जिनपिंगको राजिनामाको माग गर्दै सडक संघर्षमा उत्रिएका छन् । एएफीपी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन