नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ जनाले ज्यान गुमाए, ५५९ जना संक्रिमित

तराई टप संवाददाता
रौतहट, ३० चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १३ जनाले ज्यान गुमाएका छन् ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३७८ जनामा पिसिआर गर्दा ४९६ र ७२७ मा एन्टिजेन परीक्षण गर्दा ६३ लाई कोरोना पुष्टि भएको हो । यो तथ्याँक सहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेका छन् ।
पछिल्लो २४ घन्टामा १३८ जना निको भएर फर्किएका छन् । कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार १६५ पुगेको छ । यस्तै कोरोनाको संक्रमणबाट थप १३ जनाले ज्यान समेत गुमाएको छ हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको छन् ।