479
Shares
रौतहट, १३ मंसिर । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा गरेर १६८ जना उम्मेदवारको जमानत जफत भएको छ ।
रौतहटको प्रतिनिधि सभाको ४ निर्वाचन क्षेत्रमा ६७ जना व्यक्तिले उम्मेदवारी दिएका थिए जसमध्ये ५८ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको हो । प्रदेश सभा तर्फ १३५ जना मध्ये ११० जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले बताए ।
प्रतिनिधि सभाको लागि निर्वाचन क्षेत्र १ मा १७ जना उम्मेदवार दिएका मध्ये १५, निर्वाचन क्षेत्र नम्बर २ मा १३ जना मध्ये ११, निर्वाचन क्षेत्र ३ मा १९ जना मध्ये १६ र निर्वाचन क्षेत्र नम्वर ४ मा १८ जना मध्ये १६ जना गरी ५८ जनाको जमानत जफत भएको उनले भने । प्रदेश र प्रतिनिधि सभा गरेर १६८ जना उम्मेदवारको धरौटी रकम जफत भएको बताइएको छ ।