संजय मिश्रा
रौतहट, १४ मंसिर । रौतहटको फतुवा बिजयपुर नगरपालिका मंगलवार राति दुई विगहा धानको घारीमा आगलागी भएको छ ।
नगरपालिका अन्तर्गत पर्ने शितलपुर बैरगनिया गाउका एकजना पुर्वसईको दुईबिगहा क्षेत्रफल जगामा फलेको धानको भारिमा आगजनी भएको हो । अवकाश प्राप्त सई रामानन्द यादवको खेतमा आगलागी भएका छन् ।
धान काटेर दांईगर्न सितलपुर गाउँछेउ खरिहानमा राखिएको धानको भारिमा गएराती १२ बजे अज्ञात समहले आगजनी गरेको छ । आगजनी बाट धानको भारी पुर्णरुपमा जलेर १ लाख ६० हजार बराबरको क्षति भएको पीडित यादवले बताएका छन । दाई गरेर घरमा भित्रयाउने बेलामा धानको भारिमा कसैले राजनीतिक पुर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने पुर्व सई यादवको अनुमान रहेको छ।
दोषीलाई तत्काल पक्राउ गरि कानुनी कार्वाही गर्नुका साथै क्षतिपूर्ति दिलाउन पीडित परिवारको माग रहेको छ। घटनाको पुष्टि गर्दै आवश्यक अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले जनाएको छ ।