“जिनपिङ सादा (खाली) कागज देखि डराउछ ”

280 Shares

चीन सरकारको विरुद्धमा खाली कागज लिएर विरोध प्रदर्शन गर्दै

यितेन्द्र शर्मा
चिनियाँ सरकारले कुनै पनि प्रकारको कुरा गर्न वा लेख्न प्रतिबन्ध लगाएकोले चिनियाँ जनताहरुले जताततै खाली कागज फहराएर विरोध गरिरहेका छन् ।
एम एण्ड जी सांघाई स्टेशनरी कम्पनीले ए ४ साइजको खाली कागजको बिक्री तत्कालको लागि विक्री वितरण (प्रभाव) बाट निलम्बन गर्दै आधिकारिक पत्र जारी गरेका हुन् ।
चीनले लामो समयदेखि सबैभन्दा ठूलो नागरिक अशान्तिको सामना गरिरहेको छ किनभने त्यहाँका नागरिकहरू सीसीपी सरकार र शी जिनपिङ विरुद्ध एकजुट भएका छन् । जिनपिङको सरकारले लगाएको बलियो कोभिड तालाबन्दीको बिरूद्ध विरोधहरू बढ्दै र हिंसात्मक बन्दै गएका छन् ।
हालैको विकासमा सरकारले सीसीपी, कोभिड प्रोटोकल वा सी जिनपिङ विरुद्ध कुनै पनि कुरा बोल्न, टाइप गर्न वा लेख्न गैरकानूनी बनाएको छ । जवाफमा युवाहरूले विरोधको प्रतीकको रूपमा खाली कागज देखाएर आफ्नो विरोध प्रदर्शन गर्न अभिनव समाधान निकाले । सांघाई, बेइजिङ, नान्जिङ, वुहान, चेङ्दु सहरमा सादा (कोरा) कागजहरू हल्लाउँदै ठूलो भीडले जिनपिङको निन्द्रा हराम गरिदिएको छ ।


विज्ञहरूले यो विरोध वा आन्दोलन विश्वमा त्यति लोकप्रिय नभएको सीसीपी सरकार विरुद्धको सबैभन्दा ठूलो विद्रोह भएको दाबी गरिरहेका छन् । ह्वाइट हाउसका अधिकारी जोन किर्बीले चीनको शान्तिपूर्ण प्रदर्शनकारीलाई अमेरिकाले समर्थन गरेको बताए पछि चीनको सरकार विरोधी प्रदर्शनमा अमेरिकीले चासो लिएको छ । खाली कागजको विरोधले चिनियाँ प्रतिष्ठानका लागि असहजताको नयाँ अध्याय थपेको छ जुन निकट भविष्यमा उनीहरूका लागि ठूलो चुनौति ल्याउने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार