491
Shares
तराई टप संवाददाता
काठमाडौं, ३१ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका सहित देशको ठूला शहरका विद्यालयहरु एक महिना सम्म बन्द गर्न सिफारिस गरेको छ ।
बन्द रहने अवधिभरीमा अनलाइन मार्फत कक्षा संचालन गरेर पठन पाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव दिएको हो । अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषणमा उल्लेख रहेको छ ।
कोरोना भाइरसको चेनलाई ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठन पाठन अनलाइन मार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
कोभिड–१९ व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ ।